युक्रेनमा कडा सुरक्षाबीच स्वतन्त्रता दिवस मनाइयो « Khabarhub

युक्रेनमा कडा सुरक्षाबीच स्वतन्त्रता दिवस मनाइयो


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युक्रेनले बिहीबार आफ्नो स्वतन्त्रता दिवसको ३२ औँ वार्षिकोत्सव मनाएको छ । युक्रेनको राजधानी कीएभस्थित सेन्ट सोफिया स्क्वायरमा आयोजित स्वतन्त्रता दिवस समारोहलाई सम्बोधन गर्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन आफ्नो स्वतन्त्रता कायम राख्न सक्षम रहेको विश्वास व्यक्त गरे ।

“हामी युक्रेनको स्वतन्त्रतामाथिको पकड गुमाउने छैनौं । हामी सबै यो भावनाबाट एकताबद्ध छौं,” जेलेन्स्कीले भने । औपचारिक समारोहमा जेलेन्स्कीले रूस–युक्रेन द्वन्द्वमा भाग लिएका युक्रेनी सैनिकलाई राजकीय पुरस्कार प्रदान गरेका थिए ।

नष्ट भएका रुसी हतियार र सैन्य उपकरणहरूको प्रदर्शनी मध्य ख्रेसचाटिक स्ट्रिटमा आयोजित गरिएको थियो, जसमा ट्याङ्कहरू, लडाकु वाहनहरू र अवरोधित क्षेप्यास्त्रहरूको अवशेषहरू प्रदर्शन गरिएको थियो ।

तथापि, देशका धेरै क्षेत्रहरूमा, नयाँ आक्रमणहरूको चिन्ताको कारण सार्वजनिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको थियो । युक्रेनले सोभियत संघबाट सन् १९९१ अगस्ट २४ मा स्वतन्त्रता प्राप्त गरेको थियो । यो दिनलाई देशको स्वतन्त्रता दिवसको रूपमा मनाइन्छ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ८ : ३१ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित