‘मोटोपन नियन्त्रणले मानिसको आयु बढ्छ’ | Khabarhub Khabarhub

‘मोटोपन नियन्त्रणले मानिसको आयु बढ्छ’


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय धेरै मानिसको समस्या जस्तै भएको छ मोटोपना। पहिलापहिला मोटो शरीरलाई राम्रो मानिन्थ्यो। मोटो हट्टाकट्टा शरीरलाई धनी व्यक्तिको रूपमा परिभाषित गरिन्थ्यो। तर समय बदलिएको छ। आवश्यकता भन्दा बढी मोटोपनले समस्या निम्ताउन सक्छ। त्यसैले पनि मोटा व्यक्ति आफ्नो शरीरको तौल घटाउने प्रयास गरिरहेका हुन्छन्। मोटोपना धेरै मानिसको समस्याको रूपमा देखिएको छ। अत्यधिक मोटो भएकै कारण धेरैले खाना नै खान छाडेर भोकै बसेका हुन्छन्। तर के खानै छाडेर मात्रै शरीरको मोटोपना कम हुनसक्छ ? यिनै विषयमा आधारित रहेर खबरहबका लागि बेराटीक सर्जन डा. राकेशकुमार साहसँग गरिएको कुराकानीको सम्पादित अंश :

पछिल्लो समय बढ्दै गएको मोटोपनको समस्यालाई कसरी बुझ्ने ?
मोटोपन भनेको अहिलेको समयमा हामी एउटा एपिडेमिक भन्छौँ। यो एउटा जटिल रोग हो। यो संसारमा द्रूत गतिमा फैलिरहेको छ। यसलाई समयमा नै पहिचान गरेर उपचार गर्नुपर्छ। मोटोपनले अहिले हरेक उमेरका मानिसमा विकराल समस्या सिर्जना गरेको छ।

मोटोपना बढ्नुको कारण के हो ?
अहिलेको हाम्रो समस्या बदलिँदो जीवनशैली र अस्वस्थ खानपान हो। अहिले मानिसले सजिलै बस चढ्न सक्छन्। लिफ्टहरू प्रयोग गर्न सक्छन्। खानपानमा पनि जंक फुडहरू सहरदेखि गाउँगाउँमा पुगिसकेको छ। बजारमा पाइने पेय पदार्थको बढी सेवनले पनि मोटोपना बढेको छ।

बेराटीक सर्जन भएर काम गरेको अनुभवमा कस्तो व्यक्तिमा मोटोपनाको समस्या धेरै देखिएको छ ?
मोटोपनाको बढी समस्या छोरी मान्छेमा देखिन्छ। छोरा मान्छेमा यो समस्या नभएको होइन तर छोरी मान्छेमा धेरै छ। उमेरको हकमा २० देखि ४० वर्षसम्मका मानिस हाम्रोमा यो समस्या लिएर आउनुहुन्छ। यो उमेरकालाई खानपान जीवनशैली र कतिपयमा वंशानुगत कारणले पनि मोटोपन बढेको छ। मोटोपन भएपछि पेटमा बोसो लाग्ने हुन्छ। यसले धेरै स्वास्थ्य समस्या सिर्जना गर्छ।

मोटोपनाले कस्तो कस्तो समस्या निम्त्याउने हो ?
मोटोपनले कुनै पनि शरीरको अङ्गलाई छोड्दैन। मुटुको रोग लगाउँछ। हृदयाघात हुने, ब्लड प्रेसर बढ्ने, पक्षघात हुने, राति घुर्ने समस्या हुने, फोक्सोको समस्या, पित्तथैलीको समस्या, पित्तथैलीको क्यान्सर, छोरी मान्छेमा महिनावारीको समस्या, निःसन्तानको समस्या बढ्दै जाने हुन्छ। केही क्यान्सर मोटोपना भएका मानिसमा देखिने गरेको छ। जोर्नीको समस्या हुने मोटोपना भएको मानिसमा हुन्छ।

सानै उमेरमा भएको मोटोपनको समस्यालाई समयमै उपचार वा नियन्त्रण गरेन भने पछिसम्म असर गर्ने हो ?
पहिला प्रेसर र सुगर उमेर बढ्दै जाँदा हुन्थ्यो। आजभोलि मोटोपनको कारणले प्रेसर र सुगर युवा उमेरमा पनि हुने गरेको छ। यो पछिसम्म रहने गर्छ। बालबालिकामा भएको मोटोपना उमेरमा नै नियन्त्रण गर्नुपर्छ। समयमा नियन्त्रण नगरे पनि समस्या हुन्छ।

खानपानमा कसरी ध्यान दिने ?
स्वस्थ खाना खानुपर्छ। हरियो सागपात बढी मात्रामा खाने, फलफूल धरै खाने गर्नुपर्छ। जंकफुड र बजारमा पाइने पेय पदार्थ खानु हुँदैन। धेरै बाहिरका खाने कुराहरू चिल्लो पिरो खानु हुँदैन। सलाद (काँक्रो, टमाटर, गाँजर आदि) खाने। आँप र केरा बाहेकका फलफूलहरू खान सकिन्छ।

कस्तो अवस्थामा उपचारसम्म जानुपर्ने हो ?
अरु रोगहरू जसमा सुगर भयो, प्रेसर भयो, मष्तिष्कघात भयो, हृदयाघात भयो, क्यान्सर भयो, छोरी मान्छेमा महिनावारिको गडबडी र निःसन्तानका समस्या भयो भने यस्ता रोगलाई नियन्त्रण गर्नुपर्छ। जब मोटोपनाको कन्ट्रोल हुन्छ मानिसको आयु पनि बढ्छ। किनकी मोटोपनाको कारणले धेरै मान्छेले अल्पआयुमा नै मृत्युको मुखमा पुगेका छन्। त्यसैले यसको उपचार समयमा गर्नुपर्छ।

मोटोपना नहोस् भनेर के के कुरामा ध्यान दिने ?
खानपिनमा ध्यान दिने, शारीरिक व्यायाममा ध्यान दिने, जीवन शैलीलाई परिवर्तन गर्ने गर्नुपर्छ। थोरै बाटो छ भनेर हिँड्ने बानीको विकास गर्नुपर्छ। कुनै भवनको चार वा पाँच तलामा जानु छ भने लिफ्टको प्रयोग गर्नु हुँदैन। बाहिरका खाना कम गर्ने गर्दा हामी मोटोपनबाट जोगिन सक्छौँ। यो समस्या हो भनेर समाधान खोज्ने हो भने समाधान खोज्न सकिन्छ। यसबाट जोगिन सजिलै पाउने मैदाबाट बनेको खाना खानु हुँदैन।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ७ : ०३ बजे

स्मार्ट लाइसेन्स छैन ? एक वर्षको अस्थायी लिनोस्

काठमाडौं– सवारी चालक अनुमति पत्र नपाएर देशभरका करिब २० हजार

उत्तर कोरियाको भ्रमणमा जाँदै पुटिन

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मङ्गलबार ‘मैत्रीपूर्ण’ भ्रमणका क्रममा

आजका समाचार : सरकार तलमाथि नहुने प्रधानमन्त्रीको स्पष्टीकरण, बर्लिनको प्रखालमा राष्ट्रपति

सत्ता समीकरणमा कुनै समस्या छैन : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल

प्रधानमन्त्री र विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकबीच नेपालको आर्थिक विकासका विषयमा छलफल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग विश्व बैंकका वरिष्ठ प्रबन्ध

संघीय सरकारसँगै प्रदेशले पनि स्थानीय मदिराको ब्रान्डिङ गर्दै

काठमाडौं– संघीय सरकारसँगै प्रदेश सरकारहरुले पनि स्थानीय मदिरा (रक्सी) लाई