आँबुखैरेनी गाउँपालिकाले प्राविधिक शिक्षालय सञ्चालन गर्ने « Khabarhub

आँबुखैरेनी गाउँपालिकाले प्राविधिक शिक्षालय सञ्चालन गर्ने


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । गाउँपालिकाभित्रका विद्यार्थीको प्राविधिक शिक्षा पढ्ने चाहना पूरा गर्न गाउँपालिकाले आफ्नै शिक्षालय खोल्ने तयारी गरेको हो ।

माध्यमिक तह अध्ययन सकेपछि प्राविधिक शिक्षा अध्ययनका लागि बाहिरी जिल्ला जानुपर्ने बाध्यताको अन्त्यका लागि गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना गर्ने लक्ष्य राखेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

यसका लागि गाउँपालिकाले वडा नम्बर २ ढकालटारमा रहेको विद्युत् प्राधिकरणको अलपत्र भवन प्रयोगका लागि तयारी गर्ने जनाएको छ । वर्षौँदेखि अलपत्र अवस्थामा रहेको उक्त भवनमा गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना गर्ने लक्ष्य राखेको उनको भनाइ छ ।

ढकालटारमा जीर्ण अवस्थामा रहेको भवन संरक्षण तथा उपयोगका लागि गाउँपालिकाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग अनुमति माग गरेको छ । कित्ता नम्बर १७५ को क्षेत्रफल ६–१३–३ र कित्ता नम्बर १७४ को क्षेत्रफल ६–७–०–१ को जमिन संरक्षण तथा उपयोगका लागि गाउँपालिकालाई अनुमति दिन माग गरिइएको हो ।

मर्स्याङ्दी जलविद्युत् केन्द्र निर्माणको समयमा कामदारलाई आवास व्यवस्थापनका लागि स्थानीयबाट अधिग्रहण गरी संरचना निर्माण गरिएको छ । 

विद्युत् प्राधिकरणले तालिम केन्द्र सञ्चालन गर्ने निर्णय गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन । पछि तत्कालीन सङ्कटकालको बेलामा नेपाली सेनाले उपयोग गरेको उक्त जग्गामा विगत लामो समयदेखि नेपाली सेनाले उपयोग गर्न छाडे पनि संरक्षण अभावमा सो जमिन र संरचना खण्डहरमा परिणत भएका छन् ।

अध्यक्ष चुमानले ऊर्जा मन्त्रालयले त्यसको संरक्षण र प्रयोगका लागि गाउँपालिकालाई अनुमति दिएमा त्यहाँ प्राविधिक शिक्षालय स्थापनाको प्रक्रिया अगाडि बढाउने बताए ।

गाउँपालिकाभित्र रहेका आधारभूत तथा माध्यमिक तह अध्ययनपश्चात् विद्यार्थीलाई पठनपाठनको व्यवस्था मिलाउन गाउँपालिकाले आफ्नै प्राविधिक शिक्षालय स्थापना गर्ने लक्ष्य राखेको छ । प्रयोगविहीन जीर्ण भवनलाई पालिकाले मर्मत गरेर सञ्चालनमा ल्याउने अध्यक्ष चुमानले बताए । 

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ७ : ०८ बजे

गगनमाथि पूर्णबहादुरको प्रहार : अवैध विशेष महाधिवेशनबाट सभापति बने, चुनावमा आफू र पार्टीलाई खाल्डामा पारे

काठमाडौं- नेपाली कांग्रेसका तत्कालीन उपसभापति पूर्णबहादुर खड्काले सभापति गगन थापामाथि

नागरिकले नयाँ गर्न खोज्दैछन् भने राज्यले प्रवद्र्धन र सहयोग गर्नुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नागरिकले नयाँ गर्न

ड्रागनफ्रुट खेतीबाट २५ लाख कमाउने ७२ वर्षीय मानबहादुर को अपेक्षा

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–६ का मानबहादुर तामाङ उमेरले ७२ वर्ष

१४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई मात्र १५औँ महाधिवेशन गराउने अधिकार छ : निधि

काठमाडौं- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी