१९ वर्ष मुनिको साफ च्याम्पियनसिपमा आज नेपाल र माल्दिभ्स भिड्ने | Khabarhub Khabarhub

१९ वर्ष मुनिको साफ च्याम्पियनसिपमा आज नेपाल र माल्दिभ्स भिड्ने


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १९ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो साँढे १ बजे सुरु हुने खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ । 

प्रतियोगिताको सेमिफाइनलमा पुग्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल अंकविहीन छ ।

दुई खेलबाट ४ अंक जोडेको पाकिस्तान भने सेमिफाइनलमा प्रवेश गरिसकेको छ । नेपाल विजयी भएको अवस्थामा सेमिफाइनलमा पुग्नेछ भने खेल बराबरी भएको अवस्थामा माल्दिभ्स सेमिफाइनलमा पुग्नेछ । 

माल्दिभ्ससँग एक अंक छ । माल्दिभ्सलाई जित वा बराबरी नतिजा सेमिफाइनलमा पुग्न पर्याप्त हुनेछ।

प्रतियोगिताको समूह ‘बी’ बाट भारत र भुटानले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । भुटान भने प्रतियोगिताबाट बाहिरी सकेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ८ : ४३ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास