पोखरामा म्याद नाघेका सामान बिक्री गर्ने पसललाई जरिवाना « Khabarhub

पोखरामा म्याद नाघेका सामान बिक्री गर्ने पसललाई जरिवाना


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्कीको पोखरामा बजार अनुगमनका क्रममा म्याद सकिएको सामान बिक्री गरेको पाइएपछि कारबाही गरिएको छ ।

जिल्ला अनुगमन समिति कास्कीले आइतवार पोखराको मुख्य बजार चिप्लेढुङ्गामा रहेको ‘भागिरथ स्टोर’मा अनुगमन गर्दा म्याद सकिएका सामग्री बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।

सो स्टोरमा म्याद सकिएको १३ लिटर साजन र आठ लिटर हेलो तेल गरी २१ पोका खाने तेलसहित लेबल नलगाएको झिलिङ्गा, किरा परेको २४ किलो नौ सय ग्राम सुपारी र केही कुहेको नरिवल फेला परेको थियो । ती सबै सामग्री अनुगमन समितिले नष्ट गरेको छ ।

स्टोरमा बिक्रीमा राखिएका अधिकांश सामानमा लेभल नलगाएको, म्याद गुज्रेको तीन बोतल फ्यान्टा, प्रतिकिलो ९७ मा खरिद गरेको चिनी एक सय २० मा बिक्री गरेको र पसलमा मूल्यसूची नटाँसेको भेटिएपछि उपभोक्ता संरक्षण ऐनको दफा ३८ अनुसार सो जरिवाना गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।

उनका अनुसार समितिले स्टोरका सञ्चालक विवेककुमार गुप्तालाई तीनदिन भित्र कागजपत्र लिएर जिल्ला प्रशासन कार्यालय कास्कीमा हाजिर हुन निर्देशन दिइएको छ ।

त्यसैगरी समितिले पोखरा–५ रहेको केसी स्टोरलाई १५ हजार रुपैयाँ जरिवाना गरेको छ । स्टोरले नापतौलका यन्त्रसमेत दर्ता नगरेको भन्दै प्रक्रियाको लागि तीन दिनभित्र प्रशासनमा हाजिर हुन सञ्चालक तेजवहादुर केसीलाई निर्देशन दिएको छ ।

त्यसैगरी अनुगमन समितिले मालेपाटनमा रहेको आदर्श स्टोरमा लेभल नलगाएको किरा परेको ओखर र कपुर फेला पारेको छ ।

पोखराका दुई दर्जन खाद्य स्टोरको बारेमा प्रशासनमा गुनासो आएपछि समितिले अनुगमन थालेको हो । मुख्य चाडपर्व सुरु भएसँगै स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र बनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  १० : ५८ बजे

कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि २३

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र

नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौं- भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति