प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको बेइजिङस्थित तियानमेनमा रहेको राष्ट्रिय स्मारकको अवलोकन तथा स्मारकमपुष्पगुच्छा अर्पण गरेका छन् । 

यो  स्मारक क्रान्तिकारी जननायकहरूको स्मरणमा निर्माण गरिएको हो ।  १९औं र २० औं शताब्दीमा क्रान्तिकारी संघर्षका क्रममा शहीद बनेका योद्धाहरूको स्मृति स्वरुप चीनको राष्ट्रिय स्मारकको रूपमा यो निर्माण गरिएको हो। 

यो बेइजिङको तियानमेन स्क्वायरको दक्षिणी भागमा माओ त्सेतुङको समाधिको अगाडि अवस्थित छ । स्मारक नोभेम्बर ३०, १९४९ मा पारित चिनियाँ अराजनीतिक परामर्शदात्री सम्मेलनको पहिलो पूर्ण सत्रको प्रस्ताव अनुसार निर्माण गरिएको थियो, जसको निर्माण अगस्ट १९५२ देखि मे १९५८ सम्म चलेको थियो।

 स्मारकका वास्तुकार लियाङ सिचेङ थिए।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  १२ : ४३ बजे

आज २०८२ साल कात्तिक १९ गते बुधवारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १९ गते बुधवार। कात्तिक

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति