अभियन्ताहरूलाई संवादमा बोलाउँदा आउनुभएन : मेयर बालेन « Khabarhub

अभियन्ताहरूलाई संवादमा बोलाउँदा आउनुभएन : मेयर बालेन


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महानगरपालिकाका मेयर बालेन शाहले प्रदर्शनरत अभियन्ताहरूलाई संवादमा बोलाउँदा आउन नमानेका बताएका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले राष्ट्रिय सभा गृह अगाडि आन्दोलनरत ईस् लगायतलाई संवादमा बोलाउँदा पनि नआएको दाबी गरेका हुन्।

उनले लेखेका छन्, विगत केही दिन देखि केही अभियन्ताहरू आन्दोलनमा हुनु हुन्थ्यो , उहाँहरूको कुरा सुन्न उहाँहरु  उभिरहेको ठाउँमा म आफै गएर वार्ता गरौँ यहाँहरूको कुरा र  समस्या सुनौं  भन्दा अभियन्ताहरू संवादमा बोलाउँदा आउन खोज्नु भएन । लोकतान्त्रिक  अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौ , सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौँ । के वार्ता हामीले उहाँहरूको नेता सङ गर्न पर्ने ?

ई: लगायत अभियन्ताहरू गत मंगलबारदेखि राष्ट्रिय सभा गृह अगाडि उभिएर आन्दोलनरत छन्। ई: ले १९९ घण्टा उभिएर प्रदर्शन गरेका हुन‍् ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  १ : २३ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना