मलंगवाको निषेधाज्ञा दिउँसोलाई निष्क्रिय, राति यथावत रहने « Khabarhub

मलंगवाको निषेधाज्ञा दिउँसोलाई निष्क्रिय, राति यथावत रहने


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

मलंगवा सर्लाही सदरमुकाम मलंगवामा पाँच दिनदेखि लगाइएको निषेधाज्ञा दिउँसोलाई निष्क्रिय गरिएको छ रातिलाई भने यथावत राखिएको छ ।  

सर्लाही जिल्ला प्रशासन कार्यालयमा आज बिहान बसेको समन्वय सहजीकरण बैठकले असोज ४ गते बिहीबार राति १० बजेदेखि लगाएको निषेधाज्ञा दिउँसोको समयमा हटाउने तर राति ८ बजेदेखि बिहान ४ बजेसम्मलाई निरन्तरता दिने निर्णय गरेको हो ।  

गणेश चतुर्थीको मूर्ति विर्सजन गर्न जाने क्रममा मलङ्गवामा दुई समुदायबीच झडप भएपछि गएको बिहीबार राति १० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि यहाँ निषेधाज्ञा  जारी गरिएको थियो ।

बिहीबार रातिदेखि अशान्त बनेको मलंगवामा गएरातिदेखि अवस्था समान्य हुँदै गएपछि आजदेखि दिनको निषेधाज्ञा हटाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। 

दिनमा निषेधाज्ञा आदेश निष्क्रिय गरिए पनि सर्वसाधारणको सुरक्षामा पर्नसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै साविक मलंगवा नगरक्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, बैठक, प्रदर्शन, पोस्टर पर्चाजस्ता प्रचार सामग्री टाँस्न वा लेख्न निषेध गरिएको प्रजिअ यादवले बताए। 

आज निषेधाज्ञा हटाइए पनि मलंगवाको बजार खुलेको छैन भने यातायात, शिक्षण संस्था, सरकारी कार्यालय पनि पूर्णरुपममा बन्द छन् । यता व्यापारीका सङ्घसङ्गठनले पनि बजार खोल्न आह्वान गरेका छन् । निषेधाज्ञा हुँदा पनि  घटना हुन थालेपछि आइतबार दिउँसोदेखि स्थानीय प्रशासनले निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई पक्राउ गर्न थालेको थियो । निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले अहिले पनि हिरासतमा राखेको छ । 

गणेशको मूर्ति विर्सजन गर्न जाने क्रममा गएको बिहीबार घरको छतबाट अर्को पक्षले ढुङ्गा प्रहार गरेको थियो । ढुङ्गा लागेर सुरक्षाकर्मीसहित एक दर्जन मानिस घाइते भएका थिए भने छुरा प्रहारबाट सख्त घाइते भएका मलंगवा नगरपालिका–७, मुसैली निवासी रुपेशकुमार यादवको अहिले वीरगञ्जमा उपचार भइरहेको छ । 

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  १ : ४० बजे

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी