बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा | Khabarhub Khabarhub

बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बारा– दुधौरा खोलाबाट बालुवा उत्खनन गरेर जाँदै गरेको १० ट्याक्टरलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.बजनीस्थित खटिएको प्रहरी टोलीले दुधौरा खोलाबाट बालुवा उत्खनन गरी जितपुर तर्फ जाँदै गरेको अवस्थामा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले साँझ ८ वटा र दिउँसो दुई वटा गरी १० वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, बारा, कलैयाका प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेका अनुसार प्रहरीले ना.२.त.५९९७, ना.२.त.९७१३, ना.२.त.९९४४, ना.२.त.९८७९, ना.३.त.४४१२, ना.४.त.७१५८, ना.४.त.४३७१, ना.५.त.४५४० लाई साँझ साढे ५ बजे पक्राउ गरेको हो ।

त्यसैगरि जीतपुरसिमरा ४ स्थित दुधौरा खोलामा ना.७.प.४५३६, प्र.०३–००१.त.३९२१ न.गरी जम्मा १० वटा ट्रयाक्टरलाई दिउँसो नियन्त्रणमा लिएको हो । 

बालुवा लोड भएका ट्रयाक्टरलाई रोकी चेकजाँच गर्दा कुनै पनि आधिकारिक पत्र तथा सिफारिस नभएकोले आवश्यक कारवाहीको लागि बालुवा सहित ट्रयाक्टर नियन्त्रणमा लिई कानूनी कारवाहीको  प्रक्रिया अगाडि बढाइएको प्रवक्ता न्यौपानेले प्रेस नोट मार्फत जानकारी गराएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ३ : ०३ बजे

शहरबाट गाउँ सर्‍यो जिब्रोको स्वाद, बालबालिका जंकफुडमा लट्ठ

गाउँका मानिस शहर पस्ने होड बढ्दो छ । तर शहरको

इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर एक धारा’

भरतपुर – चितवनको इच्छाकामना गाउँपालिकाका दुई खानेपानी आयोजनाको शिलान्यास गरिएको

‘सिंघम अगेन’को सुटिङमा अजय देवगण घाइते

मुम्बई– अजय देवगण बलिउडका सबैभन्दा प्रतिभाशाली अभिनेता मध्ये एक हुन्

दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु

दार्चुला– दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । 

चितवन राष्ट्रिय निकुञ्जमा बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ् 

चितवन– चितवन राष्ट्रिय निकुञ्जले बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम