समावेशी आयोगको सम्मान थाप्दै ९६ वर्षीय भैरव रिसाल भन्छन्- राजनीतिमा नढाँटी नहुने रै'छ | Khabarhub Khabarhub

समावेशी आयोगको सम्मान थाप्दै ९६ वर्षीय भैरव रिसाल भन्छन्- राजनीतिमा नढाँटी नहुने रै’छ


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय समावेशी आयोगले वरिष्ठ पत्रकार भैरव रिसाललाई सम्मान गरेको छ । आयोगका अध्यक्ष डा रामकृष्ण तिमिल्सिनासहितको पदाधिकारी टोलीले अनामनगरस्थित रिसाल निवासमै पुगेर उनलाई सम्मान गरेको हो ।

त्यस अवसरमा टोलीले आयोगको कार्यक्षेत्र, जिम्मेवारी र गरिरहेको कार्यसम्पादनबारे वरिष्ठ पत्रकार रिसाललाई जानकारी गराउँदै कार्य जिम्मेवारीलाई थप प्रभावकारी तुल्याउन राय, सल्लाह र सुझाव माग गरेको थियो । वरिष्ठ पत्रकार रिसालले आफनो दीर्घ जीवनको रहस्य सुनाउँदै कर्तव्य पूरा गर्ने, भोलिको चिन्ता नगर्ने र नढाँट्ने विषयले आफूलाई समाजमा परिचित गराएको बताए ।

छ्यानब्बे वर्षीय रिसालले भने, “समाजमा ढाँट्न हुन्न भन्ने मान्यता राखिन्छ, तर राजनीतिमा नढाँटी नहुने रै’छ, अनि कसरी देशले समृद्धि हासिल गर्न सक्ला ? पनाती पुस्तासम्म देखेको छु, अहिले पनि मेरो जीवन राम्रो छ ।” उनले देशको विकास होस्, सबै नेपालीले मिठो मसिनो जे जुट्छ खान पाओस, भोको पेट बस्न नपरोस, राजनीतिमा लागेका नेताले कसैलाई पनि नढाँटुन भन्ने आफूले कामना गरेको बताए ।

अध्यक्ष तिमिल्सिनाले नेपाली समाजमा जेष्ठ नागरिकमध्ये पत्रकार रिसाल बौद्धिक, सक्रिय र प्रेरणादायी भएकाले भेटेर छलफल गर्न, अनुभव सुन्न र जानकारी हासिल गर्न तथा आर्शिवाद प्राप्त गर्न आएको जानकारी गराए । पत्रकार रिसालले अब आफ्नो जन्म दिवसमा पुस्तक प्रकाशन गर्ने भन्दा बाहेक अरु इच्छा नरहेको बताउँदै जनचाहनाअनुरुप देश विकासको पथमा नहिँडेकाले ओहदामा बस्नेलाई मुलुकको हितमा काम गर्न सुझाव दिए ।

अध्यक्ष तिमिल्सिनाले भने, “नेपाल देश र नेपालीको पहिचानको बोध विश्वभर चिनाउने अभियानमा आयोगले काम गरिरहेको छ । विद्यालयका पाठ्यक्रममा नेपाल देखिने शिक्षा प्रवद्र्धन गर्न र संस्कारयुक्त नागरिक तयार गर्नुपर्छ भन्ने मान्यतालाई दृढताका साथ अघि बढाइरहेको छ ।”

आयोगले ज्येष्ठ नागरिक, कर्णाली, पीछडिएको क्षेत्र, विभिन्न जातजातीलगायत १० वटा क्षेत्रमा कार्यविभाजन गरी काम गर्दै आएको छ । टोलीमा आयोगका सदस्यहरु विष्णुमाया ओझा, हरिदत्त जोशी, पुष्पराज तिमिल्सिना र मानप्रसाद खत्री रहेका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ३ : ४१ बजे

पाथीभरामा केबलकारविरुद्ध झापामा प्रदर्शन- झडपपछि हानियो अश्रुग्यास, तीनजना पक्राउ

झापा- ताप्लेजुङस्थित मुक्कुम्लुङ संरक्षण तथा केबुलकार खारेजी अन्तरदलीय संघर्ष समितिको

घरेलु भूमिमा नेपालको लगातार तेस्रो हार, सिरिजबाट बाहिरियो

काठमाडौं‍- ब्याटिङमा चुकेको नेपालले अन्तर्राष्ट्रिय टी–ट्वान्टी शृङ्खलामा लगातार तेस्रो हार

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन पेस

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी

सञ्चारमन्त्री गुरुङले गरे मर्स्याङ्दी गाउँपालिकाको भवन उद्घाटन

लमजुङ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मर्स्याङ्दी गाउँपालिकाको भवन

राष्ट्रियसभा : पाथिभाराको घटनादेखि जाजरकोट भूकम्पको राहतका मागसम्म

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले जनताका जनजीविका सवालमा सरकारको ध्यानाकर्षण