चाँगुमा शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री « Khabarhub

चाँगुमा शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

चाँगु- भक्तपुरको चाँंगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले चाँगुनारायण नगरपालिकाको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला आफू जेल जान तयार रहेको बताएका छन् ।

नेपाल इन्जिनियरिड कलेज (नेक) चाँगुनारायण नगरपालिका ४ भक्तपुरको सोमबार भएको २९ औं वार्षिक उत्सव समारोह उद्घाटनमा उनले असल काम गरेर जेल जानु परे आफू जान तयार रहेको बताए ।

नेपाल इन्जिनियरिड कलेज (नेक) चाँगुनारायण भक्तपुर निजी हो कि गैरनाफामुखी रुपमा सञ्चालित कलेज भनेर लामो समयदेखि विवाद छ । यही विवादका बीचमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीको अध्यक्षतामा सञ्चालक समिति गठन गरिदिएको थियो । त्यस अनुसार मेयर खत्रीले कार्यभार पनि सम्हालिसकेका छन् ।

कार्यभार सम्हालेसँगै उनले कुनै हालतमा निजी बनाउन नदिने अठोट गर्दै काम गर्दै आएको जनाएका छन् । यो क्रममा नाफा नलिने उद्देश्यका साथ सञ्चालित कलेजलाई निजी बनाउन खोजे जेल गएर पनि कलेजलाई सामुदायिक नै बनाएर छोड्ने उनको आशय थियो ।

कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री कृष्णलाल भँडेलले पनि सामुदायिक रुपमा उहिलेदेखि चल्दै आएको कलेजलाई कसैले पनि निजी बनाउने काम गरे त्यो आफूहरुको लागि सह्य नहुने बताए । उनले यसको लागि जस्तोसुकै कदम अगाडि बढाउन पनि आफूहरु पछि नपर्ने बताए ।

बागमती प्रदेशका सदस्य सुरेश श्रेष्ठले २९ वर्षको उमेरमा पुगेको कलेज लक्का जवान हुनुपर्नेमा व्यवस्थापनको अनेक विवादका कारण बिरामी परेजस्तै भएको भन्दै दुःख व्यक्त गरे ।

कलेजलाई बागमतीकै प्राविधिक शिक्षा अध्यापन हुने पहिलो विश्वविद्यालयका लागि बागमति प्रदेशका मुख्यमन्त्रीसँंग आफूले छलफल गरेको स्मरण पनि उनले गरे । कार्यक्रममा कलेजका संस्थापक सञ्चालक प्रतिनिधि ई शशिल भटराई, कलेजका कार्यवाहक प्राचार्य दुर्गाप्रसाद भण्डारी, कलेज सञ्चालक समितिका सदस्यहरु सोम प्रधान, दिनेश खनाल, नरेश खड्का, नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्राडा पदमबहादुर शाही, नेपाल सरकारका सचिव मणिराम गेलाललगायतले तत्कालिन चाँंगुनारायण गाविसबाट एक सय ७८ रोपनी जग्गा भोगचलनको अधिकार पाएर कलेज सञ्चालन भएको स्मरण गरे ।

 

 

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ५ : ५० बजे

कर्णालीमा स्याउ विकास बोर्ड गठनको तयारी

काँक्रेविहार– स्याउ उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारले स्याउ

कङ्गोमा बिद्रोही आक्रमण, १४ जनाको मृत्यु

बेनी– अफ्रिकी मुलुक कङ्गोमा इस्लामिक समूहसँग सम्बन्धित विद्रोहीले तीन गाउँमा

जेन-जी आन्दोलन : ‘पसल पुगेर आउँछु’ भनेका निरज कहिल्यै फर्किएनन्…

काठमाडौं– पुरानो थातथलो बैतडीको दशरथचन्द–६ स्थायी ठेगाना भई एक दशकदेखि

मानुङ–पुलिमराङ अल्ट्रा म्याराथन हुने

दमौली– व्यास नगरपालिकाले सहिद दिवसको अवसरमा अल्ट्रा म्याराथन प्रतियोगिता आयोजना

म्याग्दीको मुनादेखि बागलुङको ढोरपाटन उपत्यकासम्म सवारी साधन पुग्यो

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका हुँदै बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यका