नयाँ विधान कार्यान्वयनमा जसपा | Khabarhub Khabarhub

नयाँ विधान कार्यान्वयनमा जसपा


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपाल नयाँ विधान कार्यान्वयनमा लागेको छ । जसपाले केन्द्रीय समितिदेखि स्थानीय समितिसम्मका निष्क्रिय रहेका नेता, कार्यकर्ता छाँटेर विधानले व्यवस्था गरेबमोजिमको सङ्ख्यामा संगठनलाई रूपान्तरण गर्दै गइरहेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । 

उनका अनुसार जसपाले करिब एक सय ५० को सङ्ख्यामा रहेको कोशी प्रदेश समितिलाई पुनःगठन गरी विधानबमोजिम ५१ सदस्यीय बनाएको र सातै वटा प्रदेशबाट केन्द्रीय सदस्यबारे जानकारी लिने र रिपोर्ट संकलन गर्न थालेको छ । 

जसपाको विधानले एक सय ५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरेको छ । हाल पार्टीका चार सयको सङ्ख्यामा केन्द्रीय समिति रहेको र केन्द्रीय समितिबाट करिब दुई सय ५० केन्द्रीय सदस्य छाँटिने सो पार्टीले जनाएको छ । 

प्रदेशदेखि स्थानीय समितिले तीन महिने संगठन विस्तार तथा अभिमुखीकरण अभियानको सिलसिलामा पुनःगठन र रूपान्तरण कार्यक्रममार्फत निष्क्रिय नेता कार्यकर्ताहरूलाई छाँट्ने काम गरिरहेका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ६ : ०९ बजे

जंगल र जंगली जनावरको संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जङ्गल र जङ्गली जनावरको

अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा आराधना

गलकोट– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रसिद्ध शक्तिपीठ बागलुङ

कवाडी पसलमा आगलागी थप एकको मृत्यु

सुन्दरहरैँचा– मोरङको विराटनगर महानगरपालिका–७ स्थित कवाडी पसलमा आगलागी हुँदा तीन

‘एनिमल’ले कमायो विश्वभरबाट ५०० करोड

काठमाडौं– नायक रणवीर कपुर र नायिका रश्मिका मन्दन्नाको मुख्य अभिनय

लुम्बिनी प्रदेशका प्रदेश प्रमुखद्वारा निजामती ऐन प्रमाणीकरण

तुलसीपुर– लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेश निजामती ऐन प्रमाणीकरण