नयाँ विधान कार्यान्वयनमा जसपा « Khabarhub

नयाँ विधान कार्यान्वयनमा जसपा


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपाल नयाँ विधान कार्यान्वयनमा लागेको छ । जसपाले केन्द्रीय समितिदेखि स्थानीय समितिसम्मका निष्क्रिय रहेका नेता, कार्यकर्ता छाँटेर विधानले व्यवस्था गरेबमोजिमको सङ्ख्यामा संगठनलाई रूपान्तरण गर्दै गइरहेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । 

उनका अनुसार जसपाले करिब एक सय ५० को सङ्ख्यामा रहेको कोशी प्रदेश समितिलाई पुनःगठन गरी विधानबमोजिम ५१ सदस्यीय बनाएको र सातै वटा प्रदेशबाट केन्द्रीय सदस्यबारे जानकारी लिने र रिपोर्ट संकलन गर्न थालेको छ । 

जसपाको विधानले एक सय ५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरेको छ । हाल पार्टीका चार सयको सङ्ख्यामा केन्द्रीय समिति रहेको र केन्द्रीय समितिबाट करिब दुई सय ५० केन्द्रीय सदस्य छाँटिने सो पार्टीले जनाएको छ । 

प्रदेशदेखि स्थानीय समितिले तीन महिने संगठन विस्तार तथा अभिमुखीकरण अभियानको सिलसिलामा पुनःगठन र रूपान्तरण कार्यक्रममार्फत निष्क्रिय नेता कार्यकर्ताहरूलाई छाँट्ने काम गरिरहेका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ६ : ०९ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका