महिला फुटबलमा जापानसँग नेपालको फराकिलो हार | Khabarhub Khabarhub

महिला फुटबलमा जापानसँग नेपालको फराकिलो हार


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


723
Shares
  • change font
  • change font
  • change font

हाङझाउ – १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलमा नेपाल जापानसित पराजित भएको छ । आज साँझ भएको खेलमा नेपाल जापानसित ८–० गोलअन्तरले पराजित भएको हो ।

जापानसित पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । महिला फुटबलमा नेपालले जापानसित पहिलो पटक खेलेको हो । समूह डी मा रहेको नेपालको यो लगातार दोस्रो पराजय हो । जापानले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो । खेलको १३औँ मिनेटमा जापानले दोस्रो गोल गरेको थियो । यस्तै खेलको २७औँ मिनेटमा जापानका लागि मेमी युनोले तेस्रो गोल गरिन् । यस्तै खेलको ३०औँ मिनेटमा जापानकी रेइना वाकिसाकाले चौथो गोल गरिन् । खेलको ३६ औँ मिनेटमा जापानकी हाकुरा ओसावाले गोल गर्दै जापानलाई ५–० गोलको फराकिलो अग्रता दिलाइन् ।

जापानले दोस्रो हाफमा नेपालविरुद्ध थप तीन गोल गरेको थियो । खेलको ५८ औँ मिनेटमा जापानका लागि कोटोनो साकाकीबराले छैटौँँ गोल गरिन् । यस्तै खेलको ७४ औँ मिनेटमा ओसावाले व्यक्तिगत दोस्रो गोल गर्दै जापानलाई ७–० गोलको अवस्थामा पुर्याइन । यसैगरी खेलको इन्जुरी समयमा जापानका लागि हाजिकाताले गोल गर्दै आफ्नो टोलीलाई ८–० गोलअन्तरको जित दिलाइन् । जापानले पहिलो खेलमा बंगलादेशलाई पनि ८–० गोलअन्तरले पराजित गरेको थियो ।

यसअघि समूह चरणको पहिलो खेलमा शुक्रबार नेपाल भियतनामसित पराजित भएको थियो । नेपाल भियतनामसित २–० गोल अन्तरले पराजित भएको थियो। नेपालले पहिलो हाफमा भियतनामलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने दुई गोल खान पुगेको थियो। समूह डी मा रहेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ। लगातार दोस्रो जितपछि जापान ६ अंक जोडेर समूह डी को शीर्ष स्थानमा छ । यस्तै भियतनाम दोस्रो स्थानमा तथा बंगलादेश अंक तालिकाको पुछारमा रहेको छ।

नेपालले समूह चरणको अन्तिम खेल यही असोज ११ गते बंगलादेशसित खेल्ने छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ९ : ५१ बजे

ओमानविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – टी–२० विश्वकप एसिया छनोटको सुपर सिक्स चरणमा नेपालका

एमाले केन्द्रीय कमिटी बैठक : अन्तरिम सरकार र निर्वाचनबारे छलफल

काठमाडौं – नेकपा एमालेको आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा

जेन-जी आन्दोलनमा प्रहरीको हतियार लुटपाट गर्ने व्यक्ति पक्राउ, यसअघि नै परेका थिए आठ उजुरी

काठमाडौं– गत भदौ २४ गते भएको जेन-जी आन्दोलनको क्रममा प्रहरीको

जेन–जीका नाममा कर्मचारीलाई धम्क्याउने अर्जुन शाही पक्राउ

काठमाडौं – ‘जेन–जी’ आन्दोलनको नाममा कर्मचारीहरूलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाही

पेट्रोलको मूल्य घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्यमा घटाएकाे छ ।