आज २०८० साल कात्तिक ८ गते बुधबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल कात्तिक ८ गते बुधबारको राशिफल


८ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज २०८० साल कात्तिक ८ गते बुधबार। ज्योतिष शास्त्रमा जन्म समयअनुसार फलादेश हुन्छ। सोहीअनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईंको आजको दिन कस्तो रहनेछ ? तपाई‌को आजको दिन:

मेष – कर्मसिद्धिको समय छ। कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन्। मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। स्वास्थ्यमा गगबढी।

बृष – खर्च बढ्नुका साथै विभिन्न जोखिम आइलाग्ने समय छ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। दिनको उत्तरार्ध सुखद् रहनेछ। निर्णयमा अडिक रहनुस्।

मिथुन – जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ। केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाईंका साथी र आफन्तलाई ठेस पुग्न सक्छ।

कर्कट – सुनचाँदी जस्ता धातुको कारोवारबाट लाभ मिल्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। धार्मिक कार्य सफल रहनेछ। आज तपाईका लागि रमाइलो दिन छ।

सिंह – साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ। राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ। स्वास्थ्यमा समस्या आउँन सक्छ। अचल सम्पत्ति हात पर्ला।

कन्या – रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ। आँटेको र ताकेको कार्य पुरा होला। बोलीको प्रभाव पनि बढ्नेछ। यात्रामा सावधानी अपनाउनु पर्नेछ।

तुला – मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। मौनता अपनाउनु राम्रो। पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ।

बृश्चिक – जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ। नाक तथा घाँटीमा समस्या आउला। मनमा प्रशन्नता। पारिवारिक कलह।

धनु – अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा चुनौती। पारिवारिक कलहको सम्भावना छ। अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। महत्वपूर्ण अवसर गुम्न सक्छ।

मकर – अध्ययन-अध्यापनको क्षेत्रमा प्रगति। राजनैतिक कार्यमा बाधा आउनेछ। नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला।

कुम्भ – केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला। केटा तथा केटी साथीबाटा टाढा रहनुहोला। मनमा चिन्ता। धार्मिक यात्राबाट आनन्दी।

मीन – अभिभावकको आशीर्वाद मनन गर्नुहोला। कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ५ : ०४ बजे

परराष्ट्रमन्त्री भन्छिन्- विदेशमा नेपालीको समस्या बढ्दा हाम्रो काम ‘रेस्क्यु’ गर्ने मात्रै भयो

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम

नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो अधिवेशन आगामी चैतमा

काठमाडौं– नेपाल उद्योग तथा व्यवसायी महासङ्घले आगामी चैत ८ र

शान्ति सम्झौता भएन भने युक्रेनी नेता संकटमा : ट्रम्प

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्ष

प्रचण्डले भने- जनताले पाएका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो

कैलाली– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको नेतृत्व

ग्यास सिलिण्डरको मूल्य बढाउने सहमति, उद्योगीको आन्दोलन फिर्ता

काठमाडौं– ग्यास सिलिण्डरको मूल्य बढ्ने भएको छ । नेपाल सरकारले