लाभग्राहीलाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण | Khabarhub Khabarhub

लाभग्राहीलाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण


८ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको इच्छाकामना गाउँपालिकामा घरघरमै पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीसहितको जनप्रतिनिधि र कर्मचारीको टोलीले आफ्नो वडाका सम्पूर्ण लाभग्राहीको घरघरमै पुगेर सामाजिक सुरक्षा वितरण गरेको हो । 

दसैँको समयमा सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यले घरघरमै पुगेर सेवा प्रदान गरेको वडाध्यक्ष उप्रेतीले बताए । वडा कार्यालयले चालु आर्थिक वर्ष २०८०–८१ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षा घरमै पुगेर लाभग्राहीलाई प्रदान गरिएको उनले जानकारी दिए ।

भूगोलका कारण वृद्ध बाआमालाई हिँडेर बैंकसम्म पुग्न समस्या हुने भएका कारण वडा कार्यालयले सहजीकरण गर्दै वडाको माथिल्लो क्षेत्र स्याक्लाङ, पातिघारी, बाझगाउँ, कमलाबारी, कुरनभित्ता, बेलडाँडा, सोतागाउँलगायत स्थानका घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडाध्यक्ष उप्रेतीको भनाइ थियो ।

पछिल्लो समय सरकारको निर्देशानुसार स्थानीय तहले अनिवार्यरूपमा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको अनिवार्य बैंकमा खाता खोली बैंकबाट वितरण गर्नुपर्ने हुँदा सेवाग्राहीलाई असहज पैदा भएकाले कतिपय स्थानीय सरकार र वडा कार्यालयले बैंकसँग सहकार्य गर्दै बैंकको कर्मचारी सहित गाउँघरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएका छन् ।

सामाजिक सुरक्षा भत्ता वितरणका लागि आफूसहित वडासदस्यलाई समेत परिचालन गरिएको वडाध्यक्ष उप्रेतीले बताए । वडा कार्यालयबाट घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता दिँदा लाभग्राहीसमेत खुसी भएका छन् । 

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ११ : ३९ बजे

पाकिस्तानले हाइस्पीड मिसाइल दाग्यो : भारत

एजेन्सी – पाकिस्तानले पञ्जाबस्थित सैन्य अड्डामा तीव्र गतिको (हाइस्पीड) मिसाइल

शुक्लाफाँटामा १० शय्याको नगर अस्पताल अन्तिम चरणमा

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिका–४ असैनामा १० शय्याको नगर अस्पताल निर्माण

इरान-अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण ओमानमा हुने

एजेन्सी– इरानका परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँगको आगामी अप्रत्यक्ष वार्ता

टीआरसी छनोट प्रक्रिया खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौं– टीआरसी छनोट प्रक्रिया खारेज गरी नयाँ सिफारिस प्रक्रिया थाल्न

कम्युनिष्ट आन्दोलन निष्ठातर्फ अघि बढाउन चुनौति : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई