बडादसैँका अवसरमा नेपाली सेनाद्वारा ज्येष्ठ नागरिकलाई भोजन « Khabarhub

बडादसैँका अवसरमा नेपाली सेनाद्वारा ज्येष्ठ नागरिकलाई भोजन


८ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

बाँके– बडाको दसैँको अवसरमा नेपाली सेनाले आश्रमका ज्येष्ठ नागरिकलाई भोजन गराएको छ । मङ्गलबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ शम्शेरगञ्जस्थित ओभरीमा रहेको अर्जुनवाण गणले कोहलपुर नगरपालिका वडा नम्बर ५ स्थित एनसीसीकाे निलसागर आश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई भोजन गराएको हो ।

कार्यक्रममा राझाँस्थित चारवाहिनी अड्डाका वाहिनीपति एवं सहायक रथी प्रकाश थापाले निस्वार्थ भावमा मानव सेवामा समर्पित उक्त आश्रमलाई नेपाली सेनाको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

चाडबाडको अवसरमा आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई एक्लोपन महसुस नहोस् भन्ने उद्देश्यले खानाको व्यवस्था गरिएको गणपति अशोक खड्काले बताए ।

कोहलपुर नगरपालिकाका उपप्रमुख सङ्गीता सुबेदीले आश्रम सञ्चालन गर्नु राज्यको दायित्व भए पनि यो काम निलसागर आश्रमले  निःस्वार्थ भावले गरेकाले उक्त संस्थालाई नगरपालिकाले पनि सहयोग गर्ने बताइन् ।

उनले फजुल खर्च गरेर मनाइने जन्मदिन र वैवाहिक वर्ष गाँठबाट केही रकम छुट्याएर आश्रमलाई  सहयोग गर्न नगरवासीलाई आग्रह गरिन् ।

बाँकेमा केन्द्रीय कार्यालयको रूपमा स्थापना भएको निलसागर आश्रमका शाखाहरू काठमाडौँ, पोखरा, पाल्पा, सुर्खेत, बर्दिया, दैलेख, कोहलपुर र दाङ्ग गरेर आठ जिल्लामा सञ्चालित छन् ।

कोहलपुर शाखामा रहेका २८ जना ज्येष्ठ नागरिकलाई नेपाली सेनाले बडादसैँको दिन भोजन खुवाउनाका साथै राप्तीसोनारी गाउँपालिका ५ स्थित बिनौनामा रहेको जयबागेश्वरी आश्रमका १२ बालबालिकालाई पनि भोजन गराएको थियो । 

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ११ : ५७ बजे

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको

बीपी राजमार्ग खोल्न अवरोध हटाउने कार्य जारी

काठमाडौं– पहिरो र बाढीका कटानका कारण अवरुद्ध बीपी राजमार्गलाई खुलाउनका