दुर्गा मुर्ति विसर्जनलाई ध्यानमा राख्दै जमुनाहा नाका बन्द « Khabarhub

दुर्गा मुर्ति विसर्जनलाई ध्यानमा राख्दै जमुनाहा नाका बन्द


८ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

खजुरा– दुर्गा मुर्ति विसर्जनलाई ध्यानमा राख्दै आज नेपाल भारत सीमा नाका बन्द गरिएको छ । 

हिन्दूहरुको महान् चाड दसैँको अवसरमा विजयदशमीदेखि स्थापना गरिएका दुर्गा मूर्तिहरू धार्मिक  र्‍याली गर्दै सेलाउन नदीतर्फ लैजाने कार्य भइरहेको हुँदा सुरक्षा सतर्कता अपनाउनका लागि आज एक दिन जमुनाहा नाका बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए।

उनले सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सीमापारिका सुरक्षा अधिकारीसँगको समन्वयमा आज राति ८ बजेसम्मका (मूर्ति विसर्जनको कार्य नसकिएसम्म) लागि उक्त नाका बन्द गरिएको बताए। प्रजिअ पोखरेलका अनुसार एम्बुलेन्स, दमकल तथा औषधि, खाद्यान्नलगायत ढुवानी गर्ने अत्यावश्यक सवारी साधनहरुबाहेक अन्य सबैलाई नेपाल प्रवेशमा रोक लगाइएको छ ।

नेपालगञ्जका सडकहरूमा अहिले दुर्गा मूर्ति सेलाउन तालतलैया, जलकुण्ड तथा नदीतर्फ लैजाने कार्य धुमधामसँग भइरहेको छ । नेपालगञ्जका सडकहरुमा दुर्गा मूर्ति राखिएका ट्रक तथा ट्र्याक्टरहरुसहितको धार्मिक  र्‍याली भइरहेको निस्किएको छ ।

मूर्ति विसर्जनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि जिल्लाभरि नै सुरक्षा व्यवस्था मिलाइएको बाँकेका प्रहरी उपरीक्षक सुभाषचन्द्र बोहराले बताए। 

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ६ : ११ बजे

रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

जसपा नेपाल र लोसपाबीच एकता हुने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

चन्दा सङ्कलन गरी ३३ फिट अग्लो शिव मूर्ति निर्माण हुँदै

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय चन्दा सङ्कलन गरी

एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते

हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम

चितवन – सौराहामा सम्पन्न १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२