मेनुका पौडेल इन्डियन आइडल सिजन १४ को अन्तिम १५ मा छनोट « Khabarhub

मेनुका पौडेल इन्डियन आइडल सिजन १४ को अन्तिम १५ मा छनोट


८ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली गायिका मेनुका पौडेल इन्डियन आइडल सिजन १४ को अन्तिम १५ मा छनोट भएकी छन् । सोमबार रातीको एपिसोडमा राउन्ड फिफ्टिनकाे प्रतिस्पर्धी घोषणा गरिएको हाे

अडिसन चरणबाटै मेनुका नेपाली र भारतीय मिडियामा भाइरल समेत भएकी थिइन् । ‘छनोट भएका अन्तिम १५ जना प्रतिस्पर्धीलाई लिएर म खुशी छु’ शोका होस्ट हुसेन केजरीवालले टाइम्स अफ इन्डियासँग भने, ‘छनोट भएका सबै प्रतिस्पर्धी एकसे एक छन् ।’

पछिल्लो एपिसोडमा समेत दमदार प्रस्तुति दिएकी मेनुकाको गायकीलाई जजले रुचाएका थिए । उनीहरूले यो प्रस्तुतिमा स्ट्यान्डिङ ओभेसन पनि दिए । मेनुकाले यो एपिसोडमा जजलाई उपहार समेत प्रदान गरेकी थिइन् ।

अडिसन चरणमा मेनुकाले ‘तुम्हारे बिना हमारे कोनो नही’को बोलको शास्त्रीय भजन गाउँदै दर्शक र जजको मन जितेकी थिइन् । उनले यो प्रस्तुतिमा गोल्डेन माइक समेत जितिन् । झापा हल्दिबारीमा जन्मिएकी मेनुकाले २०७४ सालमा नेपाल आइडलमा समेत प्रतिस्पर्धा गरेकी थिइन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ७ : ३१ बजे

बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : प्रचण्ड

जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई