एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्यान्ड्समाथि अष्ट्रेलियाको सानदार जित « Khabarhub

एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्यान्ड्समाथि अष्ट्रेलियाको सानदार जित


८ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


903
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले सानदार जित निकालेको छ । भारतको दिल्लीस्थित अरुण जेट्ली क्रिकेट मैदानमा आज भएको खेलमा नेदरल्यान्ड्सलाई ३ सय ९ रनको फराकिलो अन्तरले हराउँदै अष्ट्रेलियाले सानदार जित निकालेको हो ।

अस्ट्रेलियाले जितका लागि दिएको ४ सय रनको विशाल लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २१ ओभरमा अलआउट हुँदै ९० रनमा समेटियो । नेदरल्यान्ड्सका विक्रमजित सिंहले सर्वाधिक २५ जोडे । यस्तै, तेजा निदामानुरुले १४, कप्तान स्टक एड्वार्डस र कोलिन एकरम्यानले १२–१२ तथा साइब्रान्ड एन्गलब्रेचले ११ रन बनाए ।

अस्ट्रेलियाका एडम जाम्पाले सर्वाधिक चार विकेट लिए । यस्तै, मिचेल मार्शले दुई तथा जोश हेजलउड, मिचेल स्टार्च र प्याट कमिन्सले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३ सय ९९ रन बनाएको थियो । अस्ट्रेलियाका ग्ले म्याम्सवेलले सर्वाधिक १ सय ६ रनको शतकीय इनिङ खेले । यस्तै, डेविड वार्नरले १ सय ४, स्टिभ स्मिथले ७१, मार्नुस लाबुसेनले ६२, जोश इङ्लिसले १४ र प्याट कमिन्सले १२ रनको योगदान दिए ।

नेदरल्यान्ड्सका लोगन भा बिकले चार, बास डि लिडेले दुई तथा आर्यन दत्तले एक विकेट लिए ।

योसँगै लगातार तेस्रो जित निकालेको अस्ट्रेलिया पाँच खेलबाट ६ अंकका साथ चौथो स्थानमा छ । दुई अंक भएको नेदरल्यान्ड्स पुछारमा छ ।

 

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ९ : ४८ बजे

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु