चलचित्र ‘फर्की–फर्की’ को शुभमुहूर्त « Khabarhub

चलचित्र ‘फर्की–फर्की’ को शुभमुहूर्त


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेपाली कथानक चलचित्र  ‘फर्की फर्की’ को ललितपुरको बगलामुखी मन्दिरमा शुभमुहूर्त भएको छ ।

अनमोल केसी र अभिनेत्री जसिता गुरुङको अभिनय रहने चलचित्रको छायंकन भने मङ्सिर ११ गतेदेखि सुरु हुनेछ ।

कार्यक्रममा अभिनेता केसीले चलचित्र ‘फर्की फर्की’ मा  प्रेममा आएको नयाँपनलाई प्रस्तुत गरिएको जानकारी दिए ।

प्रेम कथामा आधारित चलचित्रको निर्देशन सुयोग गुरुङले गर्ने भएका छन् । कार्यक्रममा अभिनेता केसीलाई सुहाउँदो तर नयाँ भूमिकामा प्रस्तुत गरिने उनले जानकारी दिए । उनले भने, ‘युवापुस्ताले खोजिरहेको विषयमा उनीहरूकै प्रिय कलाकारलाई लिएर चलचित्र तयार गर्दैछु । यसले प्रेमको नयाँ व्याख्या पनि प्रस्तुत गर्नेछ ।’

चलचित्रमा अभिनेता केसीसँगै कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, आशिक गुरुङ, माओत्से गुरुङ, रुस्का वैद्य, अर्नव घिमिरे, रवि काफ्ले, समृद्धि अर्याललगायत कलाकारले अभिनय गर्नेछन् ।

रोहित अधिकारीले निर्माण गर्ने चलचित्रमा निर्देशक गुरुङको लेखन, नरेन्द्र मैनालीको छायाङ्कन र अष्ट महर्जनको द्वन्द्व निर्देशन हुनेछ भने शंकर पाण्डे प्रोडक्सन हेडको जिम्मेवारी पाएका छन् । त्यसैगरी किरण थापाले नृत्य निर्देशन, निमेष श्रेष्ठले सम्पादन गर्नेछन् ।

चलचित्रको छायाङ्कन पोखरा, मनाङ, काठमाडौं, अन्नपूर्ण आधार शिविर र इन्डोनेसियाको बालीमा हुने निर्माता अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ९ : ५६ बजे

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई

कांग्रेस महाधिवेशनको सबै नतिजा बिहीबार बेलुकासम्ममा आइसक्ने

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत अहिले मतगणना जारी छ ।