'एनिमल'ले तोड्यो पठान र जवानको रेकर्ड | Khabarhub Khabarhub

‘एनिमल’ले तोड्यो पठान र जवानको रेकर्ड


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

मुम्बई– हालै रणवीर कपूर, रश्मिका मन्डन्ना, अनिल कपुर र बबी देओल स्टारर फिल्म एनिमलको ट्रेलर रिलिज भएको थियो । जसमा रणवीर कपुरको हिंस्रक अवतारले मानिसको मनमा घर गरेको छ, मानिसहरूले यो फिल्मलाई ब्लकबस्टर भन्न थालेका छन । 

यसैबीच, एनिमलको ट्रेलरले पठान, जवान र टाइगर ३ को ट्रेलरलाई हेराइको हिसाबले पछाडि छोडेको खबर छ । तर, केजीएफ २ र प्रभासको आदिपुरुषको रेकर्ड भने तोड्न सकेन ।

एनिमलको हिन्दी ट्रेलर २४ घण्टामा ५३ मिलियन पटक हेरिएको छ र जसका कारण सबैभन्दा धेरै हेरिएका १० ट्रेलरको सूचीमा परेर रेकर्ड दर्ता गरेको छ । योसँगै जवानको प्रिभ्यु पनि एनिमलको ट्रेलरले छोडेको छ । तर, प्रभासको आदिपुरुषलाई हराउन भने असफल साबित भएका छन्  ।

सूचीको बारेमा कुरा गर्दा, कोइमोईको रिपोर्ट अनुसार, सबै भाषाहरूमा भारतीय रेकर्ड बुकको इतिहासमा २४ घण्टामा शीर्ष १० सबैभन्दा धेरै हेरिएको ट्रेलरको सूचीमा केजीएफः चैप्टर २ पहिलो स्थानमा छ, जसको ट्रेलर १०६.५ पटक हेरिएको थियो।

दोस्रो स्थानमा ‘आदिपुरुष’ को ट्रेलर रहेको छ, जसलाई ७४ मिलियन भ्युज छ । तेस्रो नम्बरमा रहेको एनिमलको ट्रेलरले ७१.४ मिलियन भ्युज पाएको छ । चौथो नम्बरमा राधे श्याम ५७.५ मिलियनसहित छन् । पाँचौं नम्बरमा रहेको जवान प्रिभ्युले ५५ मिलियन भ्युज पाएको छ ।

आरआरआर छैटौँ स्थानमा छ, जसले ५१.१ मिलियन भ्युज पाएको छ । सातौं नम्बरमा रहेको ‘तू झुठी मैं मक्कर’ले ५०.९ मिलियन भ्युज पाएको छ । आठौं नम्बरमा साहो छ, जसको ट्रेलरले ४९ मिलियन भ्युज पाएको छ । ४५ मिलियन भ्युजसहित सर्कस नवौँ र सम्राट पृथ्वीराजको ट्रेलर ४३.८ मिलियन भ्युसहित दशौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  १ : ०७ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन