वन क्षेत्रको अतिक्रमण तथा अनधिकृत प्रयोग रोक्न गम्भीर हुनुपर्छ : उपराष्ट्रपति यादव | Khabarhub Khabarhub

वन क्षेत्रको अतिक्रमण तथा अनधिकृत प्रयोग रोक्न गम्भीर हुनुपर्छ : उपराष्ट्रपति यादव


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपराष्ट्रपति रामसहायप्रसाद यादवले वन क्षेत्रको अतिक्रमण तथा अनधिकृत प्रयोग रोक्न गम्भीर हुनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल वन प्राविधिक संघको ४९ औं स्थापना दिवस तथा २९ औं साधारणसभा उद्घाटन गर्दै पछिल्लो समय वन अतिक्रमण तथा अनधिकृत प्रयोगले वन संरक्षणमा ठुलो चुनौती देखिएको भन्दै यसलाई रोक्न सवै गम्भीर हुनुपर्ने बताएका हुन् ।

वनको दिगो व्यवस्थपन र उत्पादनमुखी बनाउनु अहिलेको चुनौती रहेको उनको भनाइ छ । उनले जलवायु परिवर्तनले वन क्षेत्रमा डढेलो तथा मिचाहा प्रवृतिको प्रकोपको वृद्धि भएका कारण वन र समुदाय जोखिममा रहेको धारणा राखे ।

हालै गैँडा तथा बाघको चोरी तस्करीमा वृद्धि हुनु चिन्ताको बिषय भएकाले जैविक विविधता वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल नै नेपाल सरकार र वन प्राविधिकले उचित कदम चाल्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

उपराष्ट्रपति यादवले चुरे क्षेत्रको वन संरक्षण अझै संस्थागत हुन नसकेकाले चुरे क्षेत्रको वन तराई, मधेसका लागि जीवन रेखा भएकाले यसतर्फ विशेष जोड दिनुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ३ : ५९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’