कोशी प्रदेशसभाबाट प्रतिस्थापन बजेट विधेयक सर्वसम्मत पारित « Khabarhub

कोशी प्रदेशसभाबाट प्रतिस्थापन बजेट विधेयक सर्वसम्मत पारित


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशसभाले प्रतिस्थापन बजेट विधेयक सर्वसम्मत पारित गरेको छ  । बैठकमा ‘कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०’ र ‘कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ आज सर्वसम्मत पारित भएको हो ।

सो प्रस्ताव मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा नियावली, २०७४ को ९(पहिलो संशोधनसमेत) नियम ९३ को उपनियम १ बमोजिम सदनमा पेस गरेका थिए । सो प्रस्तावलाई उपसभामुख सिर्जना दनुवारले निर्णयार्थ प्रस्तुत गर्दा सदनले सर्वसम्मतिले पारित गरेको हो । मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयकअनुसार चालु आवका लागि कूल रु ३६ अर्ब ७० करोड ८७ लाख २५ हजार बजेटमा पुँजीगत खर्च रु २० अर्ब ३८ करोड ५० लाख ८२ हजार र चालु खर्च रु १६ अर्ब ३१ करोड ३६ लाख ४३ हजार विनियोजन भएको छ ।

बजेटमा रु तीन करोड ४७ लाख ८५ हजार थप व्ययभार हुने उल्लेख छ । मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयकको औचित्य र उद्देश्यमाथि प्रकाश पार्दै जनताको आवश्यकता र समस्यालाई समाधान गर्नेगरी बजेट विनियोजन गरेको दाबी गरे । समानुपातिक र प्रत्यक्षतर्फ सांसदलाई मर्का नपर्नेगरी प्रदेशका ५६ वटै निर्वाचन क्षेत्रलाई समेटिने गरी बजेट ल्याएको भन्दै उहाँले विकास र समुन्नत प्रदेशको यात्रा प्रारम्भ भएको दाबी गरे ।

मानवपुँजीलाई उच्च प्राथमिकतामा राखी गरिबी निवारण गर्नेतर्फ बजेट केन्द्रित भएको बताउँदै उनले राजस्वको आयव्ययमा सामान्य परिमार्जन गरेको जानकारी दिए । सरकारको नीति तथा कार्यक्रमअनुसार बजेट परिमार्जन गरी पूर्वतः मुख्यमन्त्रीले समावेश गरेको महत्वपूर्ण योजनामा कुनै फेरबदल नगरी रु २० लाखभन्दा मुनिका योजना हटाई अरू योजनाका लागि स्रोतको सुनिश्चितता गरेको जानकारी दिए । बैठक आइतबार बिहान ११ बजे बस्नेछ ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ५ : ५५ बजे

मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश

काठमाडौं- सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् प्रतिकार्यका लागि देशका विभन्न

भद्रगोलबीच रास्वपाका १३ सय ५२ प्रतिनिधिले गरेनन् मतदान

कााठमाडौं- चितवनमा पाँच दिनदेखि जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा

केही हप्ताभित्र होर्मुजमा फसेका अधिकांश जहाज खाली गरिने : आईएमओ

एजेन्सी– अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) ले नयाँ निकासी ढाँचा अन्तर्गत

देशका विभिन्न जिल्लामा एकैदिन सर्पदंशबाट ४ जनाको मृत्यु 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका प्राकृतिक तथा

दृष्टिविहीन स्नातकोत्तर अम्बिकाको आक्रोश- ‘सरकारले न जागिर दियो, न सडकपेटीमा गीत गाउन’ 

काठमाडौं– जुम्लाकी ३७ वर्षीया अम्बिका थापाले राज्यले दृष्टिविहीनमाथि बर्बरता मच्चाएको