बारामा शिक्षक मृत फेला « Khabarhub

बारामा शिक्षक मृत फेला


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

बारा- बाराको सिम्रौनगढ नगरपालिकामा एक जना शिक्षक मृत फेला परेका छन् । सिन्धुपाल्चोक घर भएका शिक्षक नरेन्द्र पराजुली शुक्रबार साँझ मृत फेला परेका हुन् ।

उनी सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ मा रहेको नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालय, कचोर्वामा कार्यरत थिए । उनी नगरपालिकाको वडा नम्बर ९ नयाँ बजारमा मृत अवस्थामा फेला परेको बारा प्रहरीको भनाइ छ ।

उनको मृत्यु कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको र शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ ।

पराजुलीले विगत पाँच महिनादेखि तलब पाएका थिएनन् । उनी तलब नपाएपछि आन्दोलनरत थिए ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ६ : १२ बजे

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ