चीनमा ५ देशका नागरिकले बिना भिसा प्रवेश पाउने « Khabarhub

चीनमा ५ देशका नागरिकले बिना भिसा प्रवेश पाउने


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनले ५ देशका नागरिकका लागि बिना भिसा प्रवेशको व्यवस्था गरेको छ । चीनले फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्स, स्पेन र मलेसियाका नागरिकलाई एक वर्षसम्मका लागि बिना भिसा प्रवेशको व्यवस्था मिलाएको हो ।

‘चीनले पाँच देशका नागिरकलाइ भिसा मुक्त यात्राको परीक्षण गरिरहेको छ,’ चीनको विदेश मन्त्रालयले भनेको छ ।

मन्त्रालयका अनुसार डिसेम्बर देखि ३० नोभेम्बर २०२४ सम्म यी देशका साधारण राहदानी धारकहरूले १५ दिनसम्म भिसा बिना चीनमा व्यापार वा यात्रा गर्न सक्छन् ।

चीनको उच्च गुणस्तरीय विकास र खुलापनको प्रवर्द्धनका लागि मद्दत गर्न यस्तो व्यवस्था गरिएको चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले भनिन् ।

हाल अधिकांश यात्रुहरूलाई चीन प्रवेश गर्न भिसा चाहिन्छ । तर, छुटका दुर्लभ उदाहरणहरूमा सिंगापुर र ब्रुनाईका नागरिकहरू समावेश छन्, जो व्यापार, पर्यटन, पारिवारिक भ्रमण र ट्रान्जिटको लागि १५ दिन भन्दा बढीको लागि बिना भिसा चीनमा प्रवेश गर्न पाउँछन् ।

मार्चमा मात्रै चीनले फेरि सबै प्रकारका भिसा जारी गर्न थालेको थियो । मार्च २०२० मा चीनले कोरोना भाइरसको महामारीलाई ध्यानमा राख्दै कडा यात्रा प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ६ : १७ बजे

चाँदीको मूल्य अकासिँदा पनि किन्नेको भीड (तस्बिरहरू) 

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको भाउ निरन्तर बढिरहेको छ ।  बिहीबार

डेनमार्क र अमेरिकाबीच ग्रिनल्यान्डको विषयमा रचनात्मक वार्ता

एजेन्सी– डेनमार्कका विदेशमन्त्री लार्स लोक्के रासमुसेनले बिहीबार ग्रिनल्यान्डको विषयमा संयुक्त

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज– चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड ९ब्लक० मा

विगतका कुरालाई थाती राखेर निर्वाचनमा केन्द्रित हुनुपर्छ : अग्नि सापकोटा

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटाले विगतका

रुपन्देही अदालतले भन्यो : रविको मुद्दा फिर्ताको निर्णयमा कुनै आदेश भएको छैन

बुटवल- सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति