किसानको छोरा हुँ, किसानका लागि काम गर्छु : मन्त्री भुसाल | Khabarhub Khabarhub

किसानको छोरा हुँ, किसानका लागि काम गर्छु : मन्त्री भुसाल


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले किसानको समस्यासँग आफू अवगत रही किसानका लागि काम गरिरहेको दाबी गरेका छन् ।

मर्चवारको कोटहीमाई–४ तुनिहवामा निर्मित बीउको भण्डारण तथा प्राथमिक प्रशोधन उद्योगको आज उद्घाटन गर्दै मन्त्री भुसालले सरकार कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न लागेको बताए ।

‘मुलुकको अर्थतन्त्रको मेरुदण्ड कृषि हो, कृषि हाम्रो जीवनसँग जोडिएको छ’, मन्त्री भुसालले भने, ‘कृषि सबैका लागि प्राथमिकताको विषय भएकाले अहिलेको सरकार कृषि उत्पादनमा वृद्धि गर्न चाहन्छ ।’

उनले कुनै पनि संरचना निर्माण गर्नुभन्दा त्यसको नियमित र व्यावहारिक सञ्चालन हुनु महत्त्वपूर्ण भएको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गर्दै कृषिबाट उन्नति गर्न औजारीकरण आवश्यक भएको बताए ।

सरकारले यो वर्ष चार लाख ७८ हजार पाँच सय मेट्रिक टन मल आयात गरेको बताउँदै उनले भने, ‘जुन प्रदेशबाट जुन हिसाबले माग भएको थियो, त्यही हिसाबले पठाइएको छ । मलको समस्या छैन ।’

उनले ‘प्रधानमन्त्री गहुँजोन’लाई सरकारले निरन्तरता दिइने बताए। ‘अब देशमा दक्ष र प्राविधिक जनशक्ति उत्पादन हुनेछन् । देशलाई यान्त्रिकरण तथा कृषि औद्यौगीकरणतर्फ लग्दै हामीले हाम्रा कृषि उत्पादन पुनः भारतलाई बेच्न सक्षम हुनेछौँ’, उनले भने।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ७ : १० बजे

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र