जनताले ल्याएको गणतन्त्र नै उत्तम व्यवस्था हो : महामन्त्री थापा « Khabarhub

जनताले ल्याएको गणतन्त्र नै उत्तम व्यवस्था हो : महामन्त्री थापा


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

गुल्मी – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गणतन्त्रका विषयमा उठिरहेको प्रश्न मुलुकमा गणतन्त्र भएकै कारणले सम्भव भएको बताएका छन् ।

नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको पहिलो दिन बृहत् आमसभामा महामन्त्री थापाले राजतन्त्रको समयमा आफूले राजतन्त्रका विरुद्ध प्रश्न उठाएकै कारण पक्राउ परेको बताए । उनले कारागारमा कांग्रेस नेता प्रदीप पौडेललाई भेट्न जाँदा प्रहरीले आफूलाई समातेको स्मरण गरे ।

‘अहिले देशमा विभिन्न बहनामा गणतन्त्रमाथि प्रश्न उठिरहेको छ’, उनले भने, ‘गणतन्त्र भएकै कारणले प्रश्न गर्न पाइएको हो, यदि राजतन्त्र भएको भए यसप्रकारको विरोध सुन्न पाइने थिएन ।’ नेतामाथि गाली गर्न, चित्त नबुझेको कुरामा प्रतिकार गर्न, व्यवस्था ठीक भएन भन्न र व्यवस्था बदल्छु भन्न पनि गणतन्त्र भएकाले नै सम्भव भएको उनको भनाइ छ ।

गुल्मीको सदरमुकाम तम्घासस्थित चिदिचौरमा भएको कार्यक्रममा नेता थापाले जनताले ल्याएको गणतन्त्रको व्यवस्था नै उत्तम व्यवस्था रहेको बताए । देशमा थुप्रै कमीकमजोरी रहेकामा त्यसलाई सच्याउनुपर्ने भन्दै उनले अन्य विकल्प खोज्न नपर्ने बताए ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ७ : ४८ बजे

यूएईविरुद्ध नेपालको छैठौँ विकेट गुम्यो, सात बलमा एक रन बनाएका झा आउट

काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल जारी

ओली-लेखक नछाडे प्रधानमन्त्रीलाई नै गोली हान्छु भन्ने‍ साजन पक्राउ परे

काठमाडौं- गत भदौको जेन-जी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका

प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिएको आरोपमा एक जना पक्राउ

काठमाडौं- प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिएको आरोपमा एक

जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जितगढी किल्लालाई राष्ट्रिय

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिद्वारा संसद्को नयाँ नियमावली तयार

काठमाडौं– प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले संसद्को नयाँ नियमावली तयार गरेको