जहाँ गाउँभर बिर्सने रोगी बस्छन् ! | Khabarhub Khabarhub

जहाँ गाउँभर बिर्सने रोगी बस्छन् !

दक्षिण पश्चिम फ्रान्सको ‘डिमेन्सिया गाउँ’


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

दक्षिण पश्चिम फ्रान्सको लान्डीयस अल्जाइमर एउटा यस्तो स्थान हो, जहाँ सबैलाई बिर्सने रोग लागेको छ।

संसारमै समस्या बन्दै रहेको यो रोगको प्रकोप धेरैका लागि आश्चर्यको विषय भएको छ। बजारको बिचमा रहेको ग्रोसरीले तरकारी निर्यात गर्छ धेरै ग्राहकले लैजान्छन्। नत ग्रोसरीले पैसा माग्न सम्झन्छ, नत ग्राहकलाई पैसा दिने कुराको हेक्का रहन्छ।

उमेर, उच्च रक्तचाप, उच्च मधुमेह, धेरै तौल हुनु, धूम्रपान, मद्यपान, शारीरिक रूपले मेहनत नगर्ने, एक्लोपन र निराशापन डिमेन्सियाको मुख्य कारण हुन्।

पुराना पत्रिकाको सङ्कलन गरिरहेका पूर्व कृषक फ्रान्सीस कफी खान रेस्टुरेन्ट पुग्छन्। त्यहाँ पुगेपछि उनी बाटो नै बिर्सन्छन्। उनलाई चिकित्सकले अल्जाइमर भएको बताइ सकेका छन्। उनी यसको समस्याबाट अत्यधिक पीडित छन्।

उसको बाबुलाई पनि अल्जाइमर छ। यसका बाबजुद फ्रान्सीस आत्तिएका छैनन्। ‘म मृत्युसँग पनि डराएको छैन। किनकि यो एक दिनको कटु सत्य नै हो,’ उनले बहादुरी झल्काए।

उनी केही कुरामा भने आफू ढुक्क भएका छन्। रोग लागेका कारण आफै मर्न भने हुँदैन। यस्तै रोग लिएरै भए पनि बाच्नु पर्छ भन्ने उनको निष्कर्ष छ। त्यहाँ चिकित्सकले धेरै परामर्श गर्ने गरेका छन्। यदाकदा नाटक देखाइन्छ। सबै जनालाई थ्रेटरमा लगिन्छ।

मनोचिकित्सक हेलने एमिभाले उनीहरूको हरेक गतिविधि नियाली रहेका छन्। उनी सबैमा रोगको असर देखिएको बताउँछन्। गाउँ कृत्तिम हो। सरकारले डिमेन्सियाको उपचार गर्नकै लागि बनाएको हो।

डबल डिमेन्सियाका बाबजुद फिलिप र भिभन्टेले आफूहरू सहज जीवन बिताउने प्रयासमा रहेको बताउँछन्। फिलिप प्रत्येक दिन हिँडिरहेका हुने छन्। उनलाई यसैमा रमाइलो लाग्छ। कसैले तपाईंहरु खुसी हुनु हुन्छ भनेर सोधी हालेमा प्रस्टसँग उनीहरू आफूहरूले सुखी जीवन बिताइ रहेको बताउँछन्।

उनीहरू कफी पिइसकेपछि समय समयमा पार्कमा दिन बिताउन जाने गरेका छन्। त्यस गाउँमा कुनै काम गर्ने समय तालिका नै छैन। स्वतन्त्रताको पनि माथिल्लो तहको हद उनीहरूले उपयोग गरी रहेको जस्तो देखिन्छ। त्यस गाउँलाई धेरै निकाय र व्यक्तिहरूले निगरानी गरी रहेका छन्।

मनोचिकित्सक हेलने एमिभाले उनीहरूको हरेक गतिविधि नियाली रहेका छन्। उनी सबैमा रोगको असर देखिएको बताउँछन्। गाउँ कृत्तिम हो। सरकारले डिमेन्सियाको उपचार गर्नकै लागि बनाएको हो।

धेरै प्रतिष्ठानहरूले त्यहाँ पुग्नेहरूको परीक्षण गरेका छन्। यसमा केही राम्रो परिणाम आएको देखिएको छ। एन्जाइटीको कारण परिवार प्रतिको आकर्षण पनि घटी रहेको छ।

डोमीनीकको आफ्नै चिन्ता छ। मनो चिकित्सालयमा पुगेकी ८९ वर्षकी आमा माउरिसिया खुसी र शान्त भएको देख्दा उनलाई पनि एक किसिमको आनन्द आउने गरेको छ। उनीहरूको घरको भित्ता तस्बिरले सजाइएका छन्। त्यस घरको कोठा सिधै नजिकैको बगैँचासँग जोडिएको छ। सधैँ यसमा रमाउने गरेका छन्। डोमिनीकले आफ्नो आमाको सही उपचार हुने र यसरी ठिक हुने कुरा सोचेकी पनि थिइनन्।डोमिनीक आफ्नो अनुपस्थितिमा आमा आत्तिने गरेको बताउँदै आमाको लागि नै घरमा बस्ने गरेको बताउँछिन्।

फ्रान्सेली सरकारले लामो समयको मेहनतपछि यो बनाएको हो। यो बनाउनकै लागि प्रान्तीय सरकारले एक करोड ७० लाख अमेरिकी डलर खर्च गरेको थियो।

त्यो गाउँ डिमेन्सियाको उपचार गर्नकै लागि फ्रान्सेली सरकारले बनाएको हो। सामान्य गाउँको खर्च त्यहाँ पुग्नेहरूले नै गर्ने गरेका छन्। फ्रान्सेली सरकारले लामो समयको मेहनतपछि यो बनाएको हो। यो बनाउनकै लागि प्रान्तीय सरकारले एक करोड ७० लाख अमेरिकी डलर खर्च गरेको थियो।

सन् २०२० मा रिसर्च परियोजनाको रूपमा दोस्रो यस किसिमको गाउँ स्थापना भएको हो। संसारमै यस किसिमको डिमेन्सिया गाउँ मुस्किलले १ दर्जन भन्दा कम रहेका छन्।

संसारमा अहिले मानसिक रोगको अवस्था बढी रहेका कारण यस किसिमको ग्रामको आवश्यकता धेरै देशमा भइरहेको छ।

कपालको काम गर्ने ६५ वर्षीय प्याट्रीसियालाई यसै लान्डीयस अल्जाइमरले नयाँ जीवन दिएको हो। उनलाई घरमा रहेको समयमा नै जीवन कठिन लाग्ने गरेको थियो। खाना पकाउने अर्को कोही थियो। तर पनि उनलाई जीवन निराश लागिरहेको थियो। उनलाई केयर होममा पनि लगिएको थियो। त्यस स्थानमा उनको त्यस किसिमको उपचार भएन।

डिमेन्सियाले मानिसलाई एक्लो बनाउने गर्छ। त्यस समुदायमा एकले अर्कोमा कोही आफ्नो साथ भएको आभास गर्ने छन्। यस्तो अवस्थामा उनीहरू सुखी पूर्वक बाच्नका लागि सामाजिक वातावरणको पनि त्यत्तिकै भूमिका हुन्छ। त्यस कृत्तिम गाउँमा १ सय २० जना अल्जाइमर तथा डिमेन्सियाको बिमारी तथा त्यत्ति नै मात्रमा स्वास्थ्यकर्मी छन्। एकले अर्कोलाई सहयोग गरी रहेका छन्। यस जाडोमा पनि उनीहरू एक आपसमा रमाइरहेका छन्।

डिमेन्सियाले मानिसलाई एक्लो बनाउने गर्छ। त्यस समुदायमा एकले अर्कोमा कोही आफ्नो साथ भएको आभास गर्ने छन्। यस्तो अवस्थामा उनीहरू सुखी पूर्वक बाच्नका लागि सामाजिक वातावरणको पनि त्यत्तिकै भूमिका हुन्छ ।

डिमेन्सियालाई सामान्य रूपमा लिइए पनि यो संसारको सबै भन्दा गम्भीर र खतरा रोग मध्य एकको रूपमा विकास भइरहेको छ। संसारमा अहिले ५ मिलियन डिमेन्सियाको बिमारी छन्। यस मध्येका ६० प्रतिशत मध्यम तथा निम्न आय भएका परिवारमा बसोबास गर्छन्। डिमेन्सिया संसारमा नै मृत्युको कारण बनेको सातौँ फराकिलो रोग हो।
डिमेन्सियाका केही प्रमुख कारण छन्।

उमेर, उच्च रक्तचाप, उच्च मधुमेह, धेरै तौल हुनु, धूम्रपान, मद्यपान, शारीरिक रूपले मेहनत नगर्ने, एक्लोपन र निराशापन डिमेन्सियाको मुख्य कारण हुन्।

डिमेन्सियाले शारिरिक केही तन्तुलाई मार्छ यसले मस्तिष्कको गतिविधिलाई शून्य बनाउँछ। डिमेन्सियाका प्रारम्भिक लक्षणहरू पछिल्ला घटना नै बिर्सनु हो। सामान राखेको स्थान बिर्सनु अर्को लक्षण हो। यात्रामा बाटो बिराउनु अर्को लक्षण हो। समय अनुसार नचल्नु, निर्णय गर्ने समयमा अलमलमा पर्नु सबै भन्दा धेरैको सुरुवाती कारणको रूपमा देखिने गरेको छ।

डिमेन्सियाका कारण मानिस रिसाउने र जोसँग पनि झर्कने आदतका हुन सक्छन्। व्यक्तित्वमा परिवर्तन आउँछ भने व्यवहारमा पनि नसुहाउँदो प्रस्तुतिको झझल्को आउने गर्छ।

हेराइमा समस्या र पारिवारिक निर्णयमा अप्ठेरो महसुस डिमेन्सियाका सुरुवाती लक्षण हुन्। डिमेन्सियाका कारण मानिस रिसाउने र जोसँग पनि झर्कने आदतका हुन सक्छन्। व्यक्तित्वमा परिवर्तन आउँछ भने व्यवहारमा पनि नसुहाउँदो प्रस्तुतिको झझल्को आउने गर्छ। डिमेन्सिया भएपछि अन्य व्यक्तिको भावनामा धेरै ध्यान नजान पनि सक्छ।

यो समस्या यसरी बढी रहेको छ कि सन् २०५० मा १ सय ५३ मिलियन व्यक्ति डिमेन्सियाको सिकार हुने अनुमान गरिएको छ। निम्न तथा मध्यम आय भएको देशका यो समस्या अझ बढी हुनसक्छ। समयमै यसमा चासो नदिए कुनै पनि देशका गाउँहरूमा यसमा डिमेन्सियाको केन्द्रको आवश्यकता पर्ने जोखिम छ।
स्रोतः बीबीसी, डब्लुएचओ, हेल्थ डाटा

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ८ : १५ बजे

संविधानको पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले लोकतन्त्रको मूल मर्म र नेपाली जनताको

संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले

मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानमा उल्लेखित मौलिक हकसम्बन्धी सम्पूर्ण कानुनी

संविधानले नेपाली समाजलाई एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज ३ गते बिहीबार सन्