क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै « Khabarhub

क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस पर्व मनाउँदैछन् ।

अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशू ख्रीष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मावलम्बीले आज क्रिसमस मनाउन लागेका हुन् ।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशूको जन्म भएको मानिन्छ । येशूलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशू ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशूको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।

क्रिसमसका अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरालगायत स्थानमा विशेष रौनक छ । बजार र ठूला व्यापारिकस्थलमा क्रिसमस ट्री लगायतले सजाइएको छ ।

क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिएका छन् । क्रिसमसका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

 

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ६ : ४१ बजे

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक