बेँसीसहरमा फेला परेको चरी बाघ जङ्गलमा छाडियो « Khabarhub

बेँसीसहरमा फेला परेको चरी बाघ जङ्गलमा छाडियो


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङकाे बेँसीसहर नगरपालिका–८ मा चरी बाघ भेटिएको छ । बेँसीसहर –८ का दलबहादुर पौडेलको केराकाे गाजमा लुकेर बसेकाे अवस्थामा आइतबार बाघ फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिए ।

उनले उक्त स्थानमा चरी बाघ पसेको खबर आएपछि प्रहरी पुगेको र डिभिजन वन कार्यालय लमजुङका कर्मचारीद्वारा बाघ नियन्त्रणमा लिने प्रयास गरे पनि पहिलो पटकमा असफल भएको बताए ।

पुनः डिभिजन कार्यालका फरेष्टर गुणाबहादुर ग्लानले बोराको सहायताले बाघलाई नियन्त्रणमा लिएका थिए ।

डिभिजन वन कार्यालका प्रमुख सन्तोष खनालले बाघलाई नियन्त्रणमा लिएर पुनः जंगलमा लगेर छोडिएको बताए ।

उनले भने, ‘आहारा खोज्दै आउने क्रममा यहाँसम्म आइपुगेको हुनसक्छ ।’ मान्छेलाई भने यस बाघले आक्रमण नगर्ने उनको भनाइ छ । जीवितै उद्धार गरेकाले जंगलमा छाडिएको उनले बताए ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ८ : २३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको