प्रतापहीन प्रचण्ड, भुत्ते सहयात्री | Khabarhub Khabarhub

प्रतापहीन प्रचण्ड, भुत्ते सहयात्री



भगवान श्रीरामको राज्याभिषेक समारोह भइरहेको थियो। रामले कौशल्यासँग भने- ‘आमा ! म राजा भएँ। मैले आफूभन्दा सानालाई केही दिनुपर्छ। तपाईं सबैलाई बोलाएर केही न केही माग्न भनिदिनुस्।’ भरतलाई बोलाइयो। ‘तपाईंको पाउमा मेरो दिनप्रतिदिन प्रेम बढ्दै जाओस्’ भन्दै लिन इन्कार गरिदिए। भरतपत्नी माण्डवीको भनाइ थियो- ‘गुरुकुलकी बुहारी बन्न पाएकी छु। त्यही नै मेरो सौभाग्य हो।’ अब पालो लक्ष्मणको थियो। उनले भने, ‘सानैदेखि हजुरसँग जीवन बिताएँ, बाँकी जीवन पनि यसैगरी बितोस्।’

कलकलाउँदो फूलको मालासँगै स्वार्थका झुसिलकिरा लिएर सिंहदरबार पस्नेहरुको झुण्डबाट गिरिजाप्रसाददेखि पुष्पकमल दाहालसम्म रंगहीन, ढंगहीन हुन पुगे।

उर्मिलाले भनिन, ‘जतिसुकै प्रतिकूल परिस्थितिमा पनि धैर्यवान बनौं। शत्रुघ्नले पनि भरतकै वचन दोहोर्‍याए। अन्तिममा शत्रुघ्न पुत्रीलाई बोलाएर श्रीरामले आग्रह गरे– ‘भन छोरी श्रुतिकीर्ति तिमीलाई के चाहियो ?’ उनले आँखाबाट आँसु बर्साउँदै भनिन– ‘वनबासमा रहँदा तपाईंले लगाउनु भएको लुगा कृपा गरेर मलाई बक्सियोस्। ताकि भोलि आउने दुःखलाई त्याग र समर्पणको सिद्धान्तले परास्त गर्न सकौं। यसैले थोत्रो लुगा बक्स्योस् भन्ने चाहन्छु।’

एक्का हुँदाहुँदै गुलामले कैंटे खाएर बनेको सरकारी जागिर एक वर्ष बचाएको बाहेक प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुनै तुरुप बाँकी छैन। गठबन्धन पार्टीका स्थायी मेनेजर शेरबहादुर देउवा, माधव नेपाल, उपेन्द्र यादवका सेवकलाई सरकारी रजगज दिलाउनु अन्तिम धक्काको सार बन्यो। जनताको विश्वास जित्न नेतृत्वसँग दुईवटा सामथ्र्य चाहिन्छ। पहिलो उच्चस्तरको नैतिकता, दोस्रो जबर्जस्त इच्छाशक्ति। यी दुवै जमिनमा टेक्न सरकार असफल छ। प्रधानमन्त्री मुलुकको कार्यकारी पद भए पनि अपराध कर्मको ढाकछोपले निरीह बन्दै गएको छ।

एक्का हुँदाहुँदै गुलामले कैंटे खाएर बनेको सरकारी जागिर एक वर्ष बचाएको बाहेक प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुनै तुरुप बाँकी छैन। गठबन्धन पार्टीका स्थायी मेनेजर शेरबहादुर देउवा, माधव नेपाल, उपेन्द्र यादवका सेवकलाई सरकारी रजगज दिलाउनु अन्तिम धक्काको सार बन्यो।

यदि राजनीतिभित्र अपराध र दलाली फस्टाएको हुँदैनथ्यो भने यतिबेला रामराज्यजस्तै दाहाल, देउवा, केपी ओलीले लगाएका भादगाउँले टोपी प्रसाद मानेर लाउनेहरुको भीड लाग्थ्यो होला। रोल्पामा भूमिगत हुँदा प्रचण्डले भात खाएको त्यो सिल्भरे थाल संग्रहालयमा हुन्थ्यो। फौजी पोसाक किन्न मोल लाउनेहरुको लडाइँ चल्थ्यो होला। देउवा र ओलीले कालकोठरीमा बिताएका दिनको संस्मरण उच्च माविमा पढ्ने टीनएज पुस्ताका लागि गीता, बाइबल, कुरान हुन्थ्यो। तर विधिको विडम्बना देशको सफल मेनेजर भएर छोरापुस्तालाई देशको कार्यभार सुम्पनुपर्ने बेला राजनीतिमा सिण्डिकेट खडा गरेर छोराको जवानी समेत पैंचो लिई भोग विलास गर्ने आध्यात्मिक पात्र यायातिको गुण उनीहरुमा थपक्कै सरेको छ।

यायाति यस्ता आरिसे ऋषि थिए, जसले गधा पच्चीसी ननाघेका आफ्नै छोरा पुरुको बैंस लिएर भोगविलासमा लिप्त थिए। यहाँ पनि पुरानो पात यस्तो थेत्तरो भएको छ कि नयाँपातको भाग खोज्न लालायित छ। धेरैका बाआमाले धार्मिक ग्रन्थबाट प्रभावित भएर आफ्ना सन्ततिको नाम राम, कृष्ण, शिव, गणेश, कमल, पशुपति जे राखेपनि त्यसको परागबाट समाज कहिल्यै सुगन्धित भएन।

औंसीमा गरिएको कालोपत्रे पूर्णिमामा भत्किनु, तीन दशकसम्म मेलम्ची मिथक बन्नु, धाराको टुटीबाट पानीको साटो हावा आउनु, शिक्षा र स्वास्थ्यमा कालोबजारी मौलाउनुको मूलजरो यस्तै कथित प्रजातन्त्र दीगो बनाउने कर्ममा गएर ठोक्किन्छ।

ऐतिहासिक धार्मिक नगरी जनकपुर जहाँ राजा जनकले आफ्नी छोरी सीताको विवाह समेत सुरवीरहरुको जमघट गराई धनु उचालेर गराएका थिए। जुन प्रजातान्त्रिक अभ्यासको उत्कृष्ट नमूना थियो। नेपाली राजनीतिको सौभाग्य त्यही माटोमा जन्मिएका रामवरणलाई पहिलो राष्ट्रपति बन्ने सौभाग्य प्राप्त भयो, तर तिनै पात्र जीवनको उत्तराद्र्धमा नाना, खाना र छानाको लोभबाट मुक्त हुन सकेनन्। उनले निवृत्त जीवनलाई साधुशैलीमा अनुवाद गरिदिएको भए, त्यो पदमा आसीन कुनै पनि मानिसमा लोभी नहुन नैतिक दबाब पर्ने थियो।

औंसीमा गरिएको कालोपत्रे पूर्णिमामा भत्किनु, तीन दशकसम्म मेलम्ची मिथक बन्नु, धाराको टुटीबाट पानीको साटो हावा आउनु, शिक्षा र स्वास्थ्यमा कालोबजारी मौलाउनुको मूलजरो यस्तै कथित प्रजातन्त्र दीगो बनाउने कर्ममा गएर ठोक्किन्छ। माओवादी सशस्त्र युद्धबाट पीडितहरु झन्झन् पीडित बन्दै गएका छन्। तर त्यसलाई लिएर व्यापार गर्नेहरु थपिँदा छन्। जब एउटा ठेकेदारले भावी प्रधानमन्त्री जन्माउने ठेक्का पाउँछ भने उसले मजबुत सडक बनाउने कष्ट किन गरोस् ? धारामा पानी किन झारोस ?

नेपालमा राजनीति भरपर्दो जागिर हो। त्यसैले निर्वाचन आयोगले गराउने आवधिकदेखि पार्टी र तिनका झोले संस्थाको चुनाव निर्धारित समयमै हुन्छ। ती चुनाव सम्पन्न गर्न करोडौं खन्याइन्छ। ती सम्पूर्ण चुनावपछि पनि मुलुक र जनताले पाउने भनेको दलालीतन्त्र नै हो। चुनावभित्र दलालतन्त्र अनुमोदनको रहस्य लुकेको हुन्छ। आँखा चिम्म गरेर यस्ता झोले पसल नहुँदाको क्षण कल्पना गर्ने हो भने नेपाल भूखण्डमा निसन्देह एक इन्चको पनि प्वाल पर्दैन। यहाँ त डाक्टर, पुजारी, न्यायाधीशसमेत पार्टीका झण्डेहरु छन्। दुई पैसाको बुद्धि नभएका झण्डा बोकेपछि बुद्धिजीवी कहलिन्छन्।

माओवादी सशस्त्र युद्धबाट पीडितहरु झन्झन् पीडित बन्दै गएका छन्। तर त्यसलाई लिएर व्यापार गर्नेहरु थपिँदा छन्। जब एउटा ठेकेदारले भावी प्रधानमन्त्री जन्माउने ठेक्का पाउँछ भने उसले मजबुत सडक बनाउने कष्ट किन गरोस् ? धारामा पानी किन झारोस ?

दलका नेताले सिलाइदिएको कालो कोट लगाएर बार बेन्चमा न्यायको तराजु बोक्न माथापच्ची चल्छ। न्याय सेवामा काम गर्ने धेरै खरिदार सुब्बा एलएलएम डिग्रीधारी भइसके तर सर्वोच्च अदालतमा बल्लतल्ल बीएल पासको खोस्टो लिएकाको भीड छ। देशका संवेदनशील निकाय भद्र, योग्य, प्राज्ञिक नभएर चट्केहरुको माखेसाङ्लोमा पर्दै गएको छ। पदमाथिको न्याय काम, कर्तव्य र अभिभाराबाट सम्पादन नभई वनभोजमा रुपान्तरण हुँदैछ।

पहिला पहिला हारेका मानिसलाई ठूलो अवसर दिइन्थ्यो भने अहिले हारेका दलहरु ठूलो भाग पाउने उल्टो यात्रामा शासन व्यवस्थाका पांग्रा गुडाउने प्रतिस्पर्धा छ। सरकार प्रमुखको गद्दीमा बस्ने विरलैले मात्र कुर्सी आरोहणको रंग बचाउन सकेका छन्। नेताहरु खुइलिने र खुइल्याउने चलन सनातनी हो। सत्ता नटेक्दासम्म क्रान्तिकारी मानिएका गिरिजाप्रसाद, सत्ताको धुरीमा पुग्नासाथ आज्ञाकारी किन भए ? तिलस्मी पात्रबाट अवतरण गरेका कुचा मुठे जुँगाधारी प्रचण्ड एक दशकमै निगाहका पात्र कसरी बने ?

देशकै भाग्यनिर्माता मानिने अरुण नदीबाट जलविद्युत निकाल्न खोज्दा काम गर्न गएकालाई घाँस कोच्याउने तिनै एमाले नेताहरु आज हाइड्रोपावर आयोजनाका हर्ताकर्ता कसरी भए ? प्रधानन्यायाधीश प्रधानमन्त्री भएको नजिर अब बढ्दै गएर अख्तियार प्रमुख हुँदै सेनापतिले सत्ता सम्हाल्ने तर्फ अघि बढेर शासन सत्तामा प्रयोगमाथि प्रयोग थपियो भने भोलि पाकिस्तान, थाइल्याण्ड, बंगलादेशको ककटेल चरित्र नेपालमा नदेखिएला भन्ने के ग्यारेन्टी ? यहाँ एउटा त्यस्तो निकाय बाँकी छैन, जहाँ चलखेल नभएको होस्।

प्रधानन्यायाधीश प्रधानमन्त्री भएको नजिर अब बढ्दै गएर अख्तियार प्रमुख हुँदै सेनापतिले सत्ता सम्हाल्ने तर्फ अघि बढेर शासन सत्तामा प्रयोगमाथि प्रयोग थपियो भने भोलि पाकिस्तान, थाइल्याण्ड, बंगलादेशको ककटेल चरित्र नेपालमा नदेखिएला भन्ने के ग्यारेन्टी ? यहाँ एउटा त्यस्तो निकाय बाँकी छैन, जहाँ चलखेल नभएको होस्।

अरु त अरु देशको अन्तिम अस्त्र मानिने सेनाका सेनापति असल सिपाहीभन्दा पनि संसार थेगेको भ्रममा बाँचेका हुँदा रहेछन् भन्ने त उनीहरुकै अभिव्यक्ति र लेखनीबाट पुष्टि हुन्छ। राष्ट्रिय गौरवको आयोजना लिएको नेपाली सेनाका सारथी ९ महिनामा चार वटा रुख काटेको सगौरव बताउँछन्। अनि देश निर्माणमा पप्पुहरु हाबी नभए को हुन्छ ? जुन घरमा नामुद् जँड्याहा छ, त्यो घरमा गरिबी निवारणका लागि बोको बाख्रा दिइन्छ। कागजमा बाख्राले दर्जनौं बोका पाएको देखिन्छ तर उसले हप्ता दिनमै बोको सितन बनाएको राज्यका निकायलाई पत्तै हुन्न। विकासको यस्तो मोडेल परिवर्तन गर्नुपर्छ भन्ने हेक्का कसैलाई छैन। जागिर खाने बढेपछि स्वभावतः काम गर्नेहरु घट्ने नै भए।

कलकलाउँदो फूलको मालासँगै स्वार्थका झुसिलकिरा लिएर सिंहदरबार पस्नेहरुको झुण्डबाट गिरिजाप्रसाददेखि पुष्पकमल दाहालसम्म रंगहीन, ढंगहीन हुन पुगे। आफूले भनेको नमानेको झोंकमा सचिव, सहसचिवसम्मलाई ‘कू’ गर्न पछि नपरेका बाघ गिरिजाप्रसाद अदालतको वैशाखी टेकेर आएका तिनै कर्मचारीको बाख्रे घेराउमा परेर देउरालीको ढुंगोमा सीमित भए। कर्मचारी थर्काएर हैन, फकाएर काम लिने शक्ति हो भन्ने थोरै विवेक राख्न नसक्दा राजनीतिक परिवर्तनलाई न हाँस न बकुल्लो बनाउनमा तिनै शक्तिको लाहा छाप देखियो।

लोकसेवाको एउटा कोर्स पढेर राष्ट्रसेवक बनेका भन्सार र भूमिसुधारका कर्मचारीको भेदभावपूर्ण खाडल स्वयं राज्यले खन्यो। वास्तुशास्त्रको निर्देशनमा ओल्लो भित्तो र पल्लो भित्तोलाई क्षितिज बनाएर वर्षौंसम्म १०-५ को निरस र पट्यारलाग्दो जीवनमा सिर्जना नआउनु अस्वाभाविक पनि होइन। सानो पदमा हुँदा खेपेको अत्यास र पीडा ठूलो पदमा पुगेपछि प्रतिशोधमा रुपान्तर हुनु नै अहिले कर्मचारीतन्त्रमा पन्पिएको सर्वाधिक खतरनाक प्रवृत्ति हो।

कर्मचारी थर्काएर हैन, फकाएर काम लिने शक्ति हो भन्ने थोरै विवेक राख्न नसक्दा राजनीतिक परिवर्तनलाई न हाँस न बकुल्लो बनाउनमा तिनै शक्तिको लाहा छाप देखियो।

कर्मचारीको बीउ चाकरीतन्त्रबाट सुरु भएको हो। पुस्तैनी चाकरीमा जुटेको परिवारभित्रको पाँच पासेलाई न्यायाधीश बनाइदिने तर निर्धो, सहाराबिहीन पढेलेखेकालाई विचारीमा थन्क्याइदिने राणाकालीन तदर्थवादको ऐंजेरु छिमल्ने प्रयास कसैले गरेन्। अयोग्यको भीडमा योग्यहरु हराउँदै गए। पदीय कर्मभन्दा पनि ठूलाहरुलाई रिझाउने विशेष योग्यता भएकाहरुको पहुँच दिन दुईगुना रात चारगुनाका दरले बढ्यो। समस्याको गाँठो फुकाउने विन्दुमा सबै निरपेक्ष रहँदै आए।

राजनीतिमा विज्ञता सधैं फापसिद्ध नहुन सक्छ। त्यसैले कहिलेकाहीँ देश हितमा सरकारमा पुगेकाले आफ्नो विगत बिर्सिएर सकारात्मक मुख्र्याइँ गर्नु पनि वाञ्छनीय हुन्छ। पृथ्वीनारायण शाहले योग्य मानिसलाई उचित पदमा राखे। न्यायलाई जनताको अधिकारका रुपमा स्थापित गराए। राज ज्योतिष कुलानन्द ढकालदेखि विज्ञ, विद्वान, सुरवीर मात्र हैन, बिसे नगर्चीलाई पनि साथ लिएर हिँडे। जसको फलस्वरुप गोर्खामा जन्मिएका पृथ्वीनारायण शाह मुलुकको आधिपत्य जमाएर ५२ वर्षको उमेरमा त देहत्याग गरे।

भिमसेन थापाका पालाका कवि सुन्दरानन्द बाँडाले राजाका भारदार दुनियाँ पनि गाँजा तान्ने गँजडी जुवाडे थिए भनेर लेखेका छन्। उनी भन्छन- ‘खेल्छन् रात्दीन जूवा कति कति विजया (गाँजा) फुक्तछन् कोही रुन्छन्। निःशंकै बात हाक्छन् कति अति खुशि छन, कोही रात्दिन घोरिन्छन्। ऐलेका भारदार दुनियाँसमेत रातबिरात जूवा खेलनामा लाग्याका छन् कोही गाँजा लि खान्छन् , गाँजाले मातियाका भारदारले क्या सहि राख्दछन् , कोहि बक्सिस भया पनि वस्तु पाउँदैनन, कोहि सन्दुक भरी राख्दछन्।’

पृथ्वीनारायण शाहले योग्य मानिसलाई उचित पदमा राखे। न्यायलाई जनताको अधिकारका रुपमा स्थापित गराए। राज ज्योतिष कुलानन्द ढकालदेखि विज्ञ, विद्वान, सुरवीर मात्र हैन, बिसे नगर्चीलाई पनि साथ लिएर हिँडे। जसको फलस्वरुप गोर्खामा जन्मिएका पृथ्वीनारायण शाह मुलुकको आधिपत्य जमाएर ५२ वर्षको उमेरमा त देहत्याग गरे।

प्रकृतिमा निर्विल्प प्रकृति मात्र हो। हामीले मान्दै आएको मृत्युलाई पनि कतिपयले अन्तिम होइन भनेर व्याख्या गर्न थालेका छन्। उनीहरुको तर्क छ- अक्टोपसले शंखेकिरा खान्छ। तर अक्टोपसले पेटमा पार्नुअघि नै शंखेकिराले आफूलाई हड्डीको खोलभित्र हालेर सुरक्षित गरिसकेको हुन्छ। जब शंखेकिरा अक्टोपसको पेटमा पुग्छ तब खोलबाट निस्कने शंखेकिराले अक्टोपसलाई सिध्याउँछ। अन्तिममा अक्टोपस मर्छ। तर शंखेकिरा जस्ताको तस्तै। हाम्रो सन्दर्भमा राजनीतिक परिवर्तन पनि त्यस्तै भएको छ। देशभित्रै जनता शरणार्थी बनेका छन्। विवेकका आँखा दिनदहाडै बन्द भएका छन्। इतिहासका यी हरफबाट नेतृत्वले पाठ सिकून। नत्र उही हो पुनर्मूसिको भव।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ९ : ०९ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको

एकीकृत समाजवादीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व, २० प्रतिशत युवा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा ३३ प्रतिशत महिला र

सिमलताल पहिरोमा ज्यान गुमाएका विकका परिवारलाई दुई लाख सहयोग

चितवन– भरतपुर महानगरपालिकाले गत असार २८ गते नारायणगढ-मुग्लिन सडकअन्तर्गत भरतपुर

तोकिएको समयमा महाधिवेशन नभए पार्टी धाराशयी हुन्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस महानगर समितिका

मन्त्रिपरिषद् समितिमा पाँच सदस्य तोकिए

काठमाडौं– सरकारले मन्त्रिपरिषद्का पाँच समिति गठन गरी तिनका संयोजक तोकेको