मुख्यमन्त्री बनेपछि विजयको सम्बोधन : धर्मनिरपेक्ष र सामाजिक न्यायमा आधारित नयाँ युग सुरू भयो « Khabarhub

मुख्यमन्त्री बनेपछि विजयको सम्बोधन : धर्मनिरपेक्ष र सामाजिक न्यायमा आधारित नयाँ युग सुरू भयो


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

चेन्नई- तमिलगा भेत्री कझगम (टीभीके) पार्टीका प्रमुख सी. जोसेफ विजयले तमिलनाडुको १३औँ मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन् ।

उनले शपथ लिएसँगै धर्मनिरपेक्षता र सामाजिक न्यायमा आधारित शासनको प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफ्नो पहिलो सम्बोधनमै सबै वर्गलाई समेटेर अघि बढ्ने बताएका छन्।

शपथ ग्रहणपछि चेन्नईस्थित जवाहरलाल नेहरू इन्डोर स्टेडियममा आयोजित कार्यक्रममा विजयले तमिलनाडुमा ‘वास्तविक युग’ सुरु भएको घोषणा गरे।

उनले भने, ‘आउनुहोस्, हामी सबै मिलेर तमिलनाडुलाई नयाँ सरकार दिऔँ। यो नयाँ सुरुवात हो, यस्तो युगको सुरुवात जसको आधार धर्मनिरपेक्षता र सामाजिक न्याय हुनेछ।’

विजयको यो अभिव्यक्तिलाई विशेषगरी अल्पसंख्यक तथा समावेशी शासनको अपेक्षा गरेका समुदायका लागि महत्वपूर्ण सन्देशका रूपमा हेरिएको छ।

उनले आफू कुनै शाही परिवारबाट नआएको उल्लेख गर्दै आफूलाई जनताको छोरा, दाजुभाइ र परिवारकै सदस्यका रूपमा प्रस्तुत गरे।

‘म सामान्य मानिस हुँ। सम्भव नभएको वाचा गर्दिनँ,’ उनले भने, ‘निर्वाचनका क्रममा गरेका सबै प्रतिबद्धता पूरा गर्न म प्रतिबद्ध छु र तमिलनाडुका जनताप्रति आफूलाई ऋणी ठान्छु।’

मुख्यमन्त्री विजयले आफ्नो सरकारले सामाजिक समानता, धर्मनिरपेक्ष राजनीति र सबै वर्गको सहभागितालाई प्राथमिकता दिने संकेत गरे। उनले सामाजिक न्याय र बराबरीलाई केन्द्रमा राखेर नयाँ तमिलनाडु निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।

सिनेमा क्षेत्रबाट राजनीतिमा आएको आफ्नो यात्राबारे बोल्दै विजयले जनताले दिएको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताए। उनले राजनीतिमा आउनुको उद्देश्य जनताको ऋण तिर्नु रहेको पनि उल्लेख गरे।

युवालाई लक्षित गर्दै उनले भविष्य निर्माणका लागि आफू सधैं युवासँग रहने र उनीहरूको हितमा काम गर्ने बताए। विजयको यो सन्देशलाई युवा र विभिन्न समुदायबीच आफ्नो समर्थन आधार बलियो बनाउने प्रयासका रूपमा समेत हेरिएको छ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  १२ : ४९ बजे

फ्रान्सविरुद्ध फाइनल खेलाएका पोलिस रेफ्री नै अर्जेन्टिनाको खेलमा दोहोरिँदै

काठमाडौं- साविक विश्वकप विजेता अर्जेन्टिनाले अल्जेरियाविरुद्ध खेल्ने समूह चरणको खेल

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जेनेभा– स्विट्जरल्यान्डमा आप्रवासन र जनसङ्ख्या वृद्धिलाई लिएर लामो समयदेखि चलिरहेको बहस

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र