गाजास्थित शरणार्थी शिविरमा इजरायली हवाई आक्रमण, ७० जनाको मृत्यु « Khabarhub

गाजास्थित शरणार्थी शिविरमा इजरायली हवाई आक्रमण, ७० जनाको मृत्यु


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

गाजा– गाजा पट्टीको अल–मगाजी शरणार्थी शिविरमा आइतबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ७० प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी सरकारी टेलिभिजनले जनाएको छ ।

गाजास्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल-केद्राले एक विज्ञप्तिमार्फत भीडभाड भएको आवासीय क्षेत्रमा हवाई आक्रमणले आक्रमण भएकोले ७० जनाको मृत्यु भएको र यो सङ्ख्या थप बढ्न सक्ने बताएका छन् । उनका अनुसार इजरायली सेनाले क्याम्पको मध्य क्षेत्रका मुख्य सडकहरूमा बमबारी गरिरहेको छ ।  जसले एम्बुलेन्स र नागरिक सवारीहरूलाई लक्षित स्थानहरूमा पुग्न बाधा पुगेको छ ।  

मृत्यु हुनेमध्ये अधिकांश महिला तथा बालबालिका रहेका तथा स्थानीय अस्पतालहरूमा थप घाइतेलाई भर्ना गर्न गाह्रो  भएको स्थानीय अधिकारीले बताएका छन् । स्रोतका अनुसार  अल-मगाजी शरणार्थी शिविर बाहेक, इजरायली सेनाले मध्य गाजाको अल-बुरेज शरणार्थी शिविर र दक्षिणी शहर खान युनिसमा पनि आक्रमण गरेको छ ।

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीका अनुसार एजरायली सैनिकद्वारा गरिएको तीव्र हवाई हमलाले अल–बुरेज, अल–मगाजीअल–नुसेरातको शिविरको मुख्य सडकहरू बन्द गरेको छ । यहाँ एम्बुलेन्स तथा उद्धार टोलीहरूको काममा समेत बाधा पुगेको छ ।

इजरायली सेनाले पहिले गाजाका प्यालेस्टिनीहरूलाई खाली गर्न भनेको ठाउँहरूमध्ये अल–मगाजी पनि एक थियो । प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार, गत महिना इजरायलले अल–मगाजीमा बमबारी गरेको थियो । बमबारीमा ५१ जना प्यालेस्टिनीहरूको मृत्यु भएको थियो । मृत्यु हुनेमा  अधिकांश महिला तथा बालबालिकाहरू थिए । 

गाजाको स्वास्थ्य मन्त्रालयले  आइतबार देखाएका तथ्याङ्कका अनुसार, इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या  बीस हजार ४२४  पुगेको छ । अक्टोबर ७ मा द्वन्द्व सुरु भएदेखि यस क्षेत्रमा ५४ हजार ३६ जना घाइते भएका छन् । 

यसैबीच, गत साताको अन्त्यमा गाजामा कूल १५ इजरायली सैनिकको मृत्यु भएको पुष्टि भएको छ ।  इजरायली सेनाले गाजामा आफ्नो भूमिगत आक्रमणको क्रममा मारिएका इजरायली सैनिकको कूल सङ्ख्या १५४ पुगेको बताएको छ । 

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  १ : ०७ बजे

पूँजीगत खर्च प्राप्तिको योजनासहित बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

बाजुरा जिप दुर्घटना : दुई जनाको उपचारकै क्रममा मृत्यु, सात घाइते अस्पतालमा

कैलाली – बाजुराको हिमाली गाउँपालिकामा सोमबार भएको जिप दुर्घटनाले थप

गण्डकीमा ७८ प्रतिशत रोपाइँ

गण्डकी – गण्डकी प्रदेशमा हालसम्म ७८ दसमलव ३६ प्रतिशत रोपाइँ

‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारी

काठमाडौं – सरकारले विपद्को पूर्वचेतावनीसहित आवश्यक सूचनालाई अझ प्रभावकारी र