प्रधानमन्त्री कप महिला टी-२० मा मधेश प्रदेशको पहिलो जित « Khabarhub

प्रधानमन्त्री कप महिला टी-२० मा मधेश प्रदेशको पहिलो जित


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जारी प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगितामा मधेश प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा मधेश प्रदेशले गण्डकी प्रदेशलाई २७ रनले पराजित गरेको हो ।

मधेश प्रदेशले दिएको ११३ रनको लक्ष्य पछाएको गण्डकी प्रदेशले १९.४ ओभरमा अल आउट हुँदै ८५ रन बनाएपछि मधेश प्रदेश २७ रनले विजयी भएको हो । 

यस अघि मधेश प्रदेशले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर ११२ रन बनाएको थियो । यो जारी प्रतियोगितामा मधेश प्रदेशको पहिलो जित हो । मधेश प्रदेशको ४ खेलमा २ अंक हासिल गर्दै सातौँ स्थानमा रहेको छ ।

 त्यस्तै गण्डकी प्रदेशको भने ४ खेलमा २ अंक रहेको छ र अंकतालिकामा पाँचौं स्थानमा रहेको छ । अब मधेश प्रदेशले बुधबार सुदूरपश्चिम प्रदेशसँग खेल्ने छ भने गण्डकी प्रदेशले बुधबार नै कोशी प्रदेशको सामना गर्ने छ ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  २ : ०६ बजे

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर