क्रिश्चियन धर्मावलम्बीहरूले मनाए क्रिसमस डे | Khabarhub Khabarhub

क्रिश्चियन धर्मावलम्बीहरूले मनाए क्रिसमस डे


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले सोमबार क्रिसमस डे पर्व मनाएका छन् ।

अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष डिसेम्बर २५ मा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मावलम्बीले आज क्रिसमस मनाएका हुन । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । 

उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । ख्रीष्टमस पनि भनिने यस दिनका अवसरमा देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिएको छ ।

क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिएका छन् । क्रिसमस डे का अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा समेत दिएको छ ।

क्रिसमसका अवसरमा काठमाडौं, ललितपुर, भक्तपुर र पोखरालगायत स्थानमा विशेष रौनक छ । बजार र ठूला व्यापारिक स्थलमा क्रिसमस ट्री लगायतले सजाइएको छ ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  २ : १८ बजे

सुर्यदर्शन (गुफा) किन राखिन्छ ? यस्ता छन् धार्मिक र वैज्ञानिक तथ्यहरू

काठमाडौं– नेवारी समाजमा सुर्यदर्शनलाई महिलाको सुर्यदेवसँगको विवाहको रूपमा मानिन्छ ।

जनकपुरधाममा ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ

महेन्द्रनगर– जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट ८० लाख लुटेको आरोपमा दुई

कोशीमा कांग्रेस दलको बैठक, मुख्यमन्त्रीले विश्वासको मत लिँदा प्रदेश सभा बहिष्कार गर्ने

विराटनगर – नेपाली कांग्रेस संसदीय दल कोशी प्रदेशको बैठक शुरु

युक्रेनसँगको युद्धबीच पुटिनले सर्गेइलाई रक्षामन्त्रीबाट हटाए 

काठमाडौं– युक्रेनसँगको युद्धको बीचमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सर्गेई

झापामा आठ लाखलाई हात्तीपाइले रोगविरुद्धको औषधि

झापा– झापामा आठ लाख चार हजार सात सय ३७ जनाले