तीन दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल  « Khabarhub

तीन दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल 


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँप्रमुख तीन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच टीआरसीको बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सङ्क्रमणकालीन न्याय सम्बन्धी विषयमा छलफलका लागि प्रधानमन्त्री दाहालले सोमबार तीन नेताको बैठक बोलाएका थिए ।

बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ र राष्ट्रियसभाका पूर्वसदस्य तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी सहभागी छन् । नेकपा एमालेबाट नेता अग्नि खरेल र संसदीय दलका सचेतक महेश बर्तौला सहभागी छन् । नेकपा माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन र नेता खिमलाल देवकोटा सहभागी भएका छन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) मा सहमति जुटाउन आइतबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो।

सो विधेयक संसद्‌मा विचाराधीन अवस्थामा छ। विधेयक अगाडि बढाउने तयारी हुँदा दलहरूबीच सहमति नजुटेकाले संसद्को बजेट अधिवेशनमा पेस भएको थिएन। सरकारले छिट्टै संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ।

 शीर्ष तहमा सहमति जुटेमा हिउँदे अधिवेशनमै टीआरसी पास गर्ने तयारी छ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ५ : ३७ बजे

बेत्रावतीबासी भन्छन्- सानोतिनो बाढी पहिला पनि आउँथ्यो, यसरी सबै लैजाला भनेर सोचेका पनि थिएनौँ

बेत्रावती– नुवाकोटका आकाशमा छिनछिनमा हेलिकप्टर उडिरहेछन् । भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढीले

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

गोरखा– त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र

बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

काठमाडौं– गत बुधबार गएको बाढीको चार दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी

जथाभाबी राहत सङ्कलन नगर्न भन्दै प्रशासन भन्यो- इच्छुकले उद्धार कोषमै गर्नुस्

भद्रपुर– रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावितका नाममा जथाभाबी आर्थिक तथा राहत

मनहरीद्वारा बाढीपीडितका लागि १० लाख सहयोग

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिकाले भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि