पर्वतमा लाटो कोसेरो उत्सव हुने « Khabarhub

पर्वतमा लाटो कोसेरो उत्सव हुने


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतको जलजला गाउँपालिका–५ फलामेडाँडामा पहिलोपटक लाटो कोसेरो उत्सव हुने भएको छ । आगामी माघ १९ र २० गते लोप्रे–फलामेडाँडामा लाटोकोसेरो तथा हुचिल उत्सव गरिने भएको हो । 

प्रकृतिका साथी काठमाडौँको आयोजनामा हुन लागेको महोत्सवमा लाटो कोसेरो र हुचिल संरक्षणका विविध आयामबारे चर्चा गरिने भएको छ । स्थानीय समुदायसँगको सहकार्यमा उत्सव गर्न लागिएको लाटो कोसोरो संरक्षण अभियन्ता राजु आचार्यले जानकारी दिएका छन् । 

अवैध चोरीनिकासी, वन विनाश, विषादीको प्रयोगलगायत कारण लोपोन्मुख अवस्थामा पुगेको लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि सचेतना जगाउन उत्सवको आयोजना गरिएको प्रकृतिका साथि नाम संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले बताए । उनका अनुसार लाटो कोसेरो तथा हुचिल उत्सव नेपाल, अमेरिका र इटालीमा मात्र हुँदै आएको छ ।

‘लाटो कोसेरो तथा हुचिल संरक्षणमा हातेमालो गरौँ’ भन्ने नारासहित सञ्चालन हुने लाटो कोसेरो उत्सवमा लाटो कोसेरोसम्बन्धी जानकारी भएको सूचना, चित्र तथा फोटो प्रदर्शनी लाटो कोसेरोको नमूना चित्रकला प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ । 

नेपालमा पाइने २३ प्रजातिका लाटो कोसेरोमध्ये आठ प्रजातिका दुर्लभ किसिमका छन् । पहिलोपटक आयोजना गरिएको यो उत्सवले लाटो कोसेरो संरक्षणका लागि समुदायको चेतना अभिवृद्धिका साथै फलामेडाँडाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको स्थानीय युवा पुर्ख पूर्जा पुनले बताए ।

नेपालबाट वर्षेनी लोटो कोसेरो तथा हुचिल जातको पंक्षी चोरी शिकारी हुँदै गए पनि संरक्षणको अभावमा लोप हुँदै गएको छ । वर्षेनी करोडौँ मूल्यको लाटो कोसेरो तथा हुचिल नेपालबाट बाहिरी देशमा चोरी तस्करी हुने गरेको छ ।

लाटो कोसेरोलाई किसानको साथी पनि भन्ने गरिन्छ । कृषकले मेहनत गरी उब्जाएको अन्नबाली खाएर दुःख दिने मुसो लाटो कोसेरोको मुख्य आहारा हो । यसले राती मात्र आँखा देख्छ र रातमा मात्र मुसाको शिकार गर्छ ।

यो पंक्षीको टाउको झट्ट हेर्दा बिरालो जस्तो देखिए पनि यसको शरीर पंक्षीको जस्तै हुन्छ । तर यसको सङ्ख्या वर्षेनी घट्ने क्रममा छ ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ६ : १३ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि