मध्य-मर्स्याङ्दीको विद्युत् उत्पादन घट्यो « Khabarhub

मध्य-मर्स्याङ्दीको विद्युत् उत्पादन घट्यो


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको बेँसीसहर नगरपालिका-१ दलालस्थित ७० मेगावाट क्षमताको मध्य-मस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटेको छ ।  मर्स्याङ्दी नदीमा पानीको मात्रा घटेपछि हाल आयोजनाबाट ४० मेगाावाट मात्र बिजुली उत्पादन भइरहेको छ । 

मध्य–मस्र्याङ्दी जलविद्युत् आयोजनाका प्रमुख पवन बस्नेतका अनुसार मस्र्याङ्दीमा आयोजनालाई आवश्यक पानी नहुँदा ३० मेगावाट बिजुली उत्पादन घटेको हो । गत मङ्सिरको सुरुवातदेखि नै विद्युत् उत्पादन घट्न थालेको उनले बताएका छन् । ‘आगामी फागुनसम्म नै बिजुली उत्पादन घट्दै जाने देखिन्छ’, उनले भने । 

मध्य–मस्र्याङ्दी आयोजना सन् २००८ मा निर्माण सम्पन्न भएको हो । उक्त आयोजना रु २७ अर्ब २० करोडको लागतमा निर्माण सम्पन्न भएको हो । जिल्लामा पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गरेको दोर्दी गाउँपालिका–६ ढोडेनीस्थित ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाबाट १८ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको आयोजनाका साइट इन्चार्ज रमेश सिग्देलले जानकारी दिए ।  

यस्तै मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत्, दोर्दी कोरिडोरमा रहेको हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले निर्माण गरेको २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत्, दोर्दी गाउँपालिका–६ ढोडेनीमा लिवर्टी इनर्जी हाइड्रोपावरले निर्माण गरेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना, चार दशमलव चार मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु तथा दुई मेगावाटको छ्याङ्दी आयोजनाबाट बिजुली उत्पादन कम हुन थालेको बताइएको छ । 

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ७ : २१ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने