पश्चिमा मुलुकले सर्बियालाई ‘अस्थिर’ बनाउन खोजे : रुस « Khabarhub

पश्चिमा मुलुकले सर्बियालाई ‘अस्थिर’ बनाउन खोजे : रुस


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

मस्को- रुसले सोमबार बाल्कन मुलुक सर्बियामा पश्चिमी मुलुकहरूले तनाव उत्पन्न गरेको आरोप लगाएको छ । डिसेम्बर १७ मा भएको निर्वाचनमा कथित जालसाजीलाई लिएर भएको विरोध प्रदर्शनले सर्बियामा अस्थिरता उत्पन्न भएको छ ।

एक दिनअघि मात्र प्रदर्शनकारीहरूले बेलग्रेड सिटी हलमा आक्रमण गर्ने प्रयास गरेका थिए । प्रदर्शनकारीहरूले संसदीय र स्थानीय निर्वाचनका परिणामहरूलाई अस्वीकार गरेका छन् ।

निर्वाचनमा राष्ट्रपति अलेक्जेन्डर भुकिकको पार्टीले उसले सानदार जित हासिल गरेको बताएको छ । रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जखारोभाले सरकारी समाचार समिति आरआइए नोभोस्तीसँग भनिन्, “सर्बियामा स्थितिलाई अस्थिर बनाउन पश्चिमको सामूहिक प्रयास स्पष्ट छ ।” क्रेमलिनले निर्वाचन परिणामहरूको स्वागत गरेको छ ।

प्रवक्ता दिमित्री पेसकोभले निर्वाचन परिणाबाट सर्बिया र रुसबीचको ‘मित्रता थप सुदृढ हुने’ मस्कोले आशा गरेको बताउनुभयो । सर्बिया र रुसबीच ऐतिहासिकरूमा घनिष्ठ सम्बन्ध छ र बेलग्रेड युक्रेनमाथि भएको आक्रमणका लागि मस्कोविरुद्ध अन्तर्राष्ट्रिय प्रतिबन्धहरूमा सहभागी भएको छैन ।

यद्यपि सर्बियाले संयुक्त राष्ट्रसङ्घमा रुसको आक्रामकताको निन्दा गरेको छ र उसको समर्थनबाट विवाद उत्पन्न भएको छ । सर्बिया करिब सम्पूर्णरूपमा रुसी ग्यासमा निर्भर छ । उसको विपक्षीहरूले संसदीय निर्वाचनका क्रममा खराब खेल भएको गुनासो गरेका छन् ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ७ : ५९ बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर