पोखरालाई हराउँदै धनगढी एनएसएलको फाइनलमा « Khabarhub

पोखरालाई हराउँदै धनगढी एनएसएलको फाइनलमा


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


831
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पेनाल्टी सुटआउटबाट पोखरा थन्डर्सलाई ४–३ ले पराजित गर्दै धनगढी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न रोमाञ्चक खेलको अतिरिक्त समयको अन्तिम मिनेटसम्म धनगढी २–१ ले पछि रहेकोमा अन्तिममा हिजाजीले गोल गर्दै धनगढीलाई बराबरीमा पुर्‍याएका थिए ।

यसपछि पेनाल्टी सुटआउटबाट ४–३ ले खेल जित्दै धनगढी फाइनल प्रवेश गरेको हो ।

पेनाल्टीमा पहिलो प्रहारका लागि आएका धनगढीका रिचार्ड ओसेइ, दोस्रोका लागि आएका फोडे फोफाना, चौथोका आशिष चौधरी, पाँचौँ देवेन्द्र तामाङले गोल गरे।

तेस्रोका प्रहारका लागि आएका अहमद हिजाजीको प्रहारलाई पोखराका गोलकिपर प्रिसोले विफल बनाए पनि टिमको हार टार्न सकेनन् ।

पोखराबाट पहिलो प्रहारका लागि आएका कप्तान दीनेश राजवंशी, दोस्रोका प्रहारका लागि आएका एन्जल महर्जन, तेस्रोमा आएका सुरजजिउ ठकुरीले गोल गरे। तर, चौथो प्रहारमा आएका मोसेस ग्यावा र पाचौँमा आएका आयुश घलानको प्रहारलाई धनगढीका गोलकिपर मोहमद ताहाले विफल बनाउँदै आफ्नो टिमको स्थान फाइनलमा सुरक्षित गरे ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  १० : ०३ बजे

चन्दा सङ्कलन गरी ३३ फिट अग्लो शिव मूर्ति निर्माण हुँदै

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय चन्दा सङ्कलन गरी

एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते

हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम

चितवन – सौराहामा सम्पन्न १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

म्यान्मारमा आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न

याङ्गुन – म्यान्मारले निर्वाचित सरकारलाई सत्ताच्युत गरी सेनाप्रति वफादार सरकार