आज २०७९ साल माघ १२ गते बिहीबारको राशिफल « Khabarhub

आज २०७९ साल माघ १२ गते बिहीबारको राशिफल


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०७९ साल माघ १२ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:

मेष : भूमि सम्बन्धी कारोबारमा ठूलो आम्दानी र मानसम्मान बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो हुनेछ।

वृष : व्यस्तताले गर्दा मानसिक तनाव बढ्नेछ। गणेश भगवानको स्मरण गरे मन शान्त हुनेछ। बोलीका कारण घाटा हुने भएकाले बोल्दा सचेत हुनुहोला।

मिथुन : दिन राम्रो छ। आफन्तको सहयोग मिल्नेछ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। शत्रु बढ्नेछन्। पठनपाठनमा जोशजाँगर बढ्नेछ। प्रेममा धोका हुने भएकाले सचेत हुनुपर्ने देखिन्छ।

कर्कट : काममा सफलता मिल्नेछ। उत्साह बढ्नेछ। शिक्षामा गरेको श्रम लगानीबाट सन्तोष पाइनेछ। जग्गासम्बन्धी कारोबारमा लाभ हुनेछ। अरु सबै क्षेत्र यथास्थितिमा रहनेछ।

सिंह : बोलीमा मिठास रहनेछ। शत्रु बढ्नेछन्। रोगबाट मुक्ति मिल्नेछ। प्रेममा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा पाइनेछ।

कन्या : शिक्षा क्षेत्रमा गरेको लगानीबाट निकै उत्साह मिल्नेछ। खर्च बढ्नेछ। रोगको प्रकोप बढ्ने देखिन्छ।

तुला : सामान्य दिन राम्रो छ। स्वास्थ्यमा समस्या आउनेछ। पारिवारिक मेलमिलाप हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ। अरु क्षेत्र यथास्थितीमा छ।

वृश्चिक : दिन सामान्य राम्रो छ। समस्याबाट नै समाधान निकाल्नुपर्नेछ। बिहान उठेर सूर्यको दर्शन गर्नुहोला। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

धनु : दिन सामान्य राम्रो छ। मातापिताबाट सहयोग मिल्नेछ। राजनीतिमा शत्रु बढ्नेछ। आर्थिक क्षेत्रमा ठूलो फड्को मिल्ने योग रहेको छ।

मकर : दिन निकै राम्रो छ। बोलीको प्रभाव बढ्नेछ। व्यापार व्यवसायबाट राम्रो फल प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ। प्रेममा सफलता पाइनेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। मनमा उल्लास बढ्नेछ। सामाजिक र धार्मिक क्षेत्रमा मन जानेछ। पठनपाठनमा आलस्य बढ्नेछ। दाम्पत्य जीवन सुखमय रहला।

मीन : दिन सामान्य राम्रो छ। सोचेअनुसार काम नबन्दा चिन्ता थपिनेछ। आफन्तबाट अपमान मिल्नेछ। अनावश्यक यात्रामा ननिस्कनु होला।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  ५ : ४५ बजे

आगलागीमा परी एक जना वृद्धको मृत्यु

किमाथाङ्का– चैनपुर नगरपालिका–४ मैदानेमा आगलागीमा परी एक वृद्धको  मृत्यु भएको

रणवीर सिंह-अक्षय खन्ना स्टारर ‘धुरन्धर’ को नेपाल बक्सअफिसमा बलियो प्रदर्शन

काठमाडौं– रणवीर सिंह र अक्षय खन्ना स्टारर बलिउड फिल्म ‘धुरन्धर’

नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुस ११ देखि आयोजना हुने

काठमाडौं– नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुस ११

एमाले महाधिवेशनबाट यसरी चयन हुनेछ नेतृत्व, कुन क्लस्टरबाट कतिजना आउँछन् ?

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत आइतबार भृकुटीमण्डपमा पहिलो दिनको

पाँचखाल खानेपानी आयोजना अन्तिम चरणमा

काभ्रेपलाञ्चोक– निर्धारित समय सीमाभन्दा तीन वर्षपछि निर्माणाधीन पाँचखाल–सुनकोसी खानेपानी आयोजना अन्तिम