सुनछाप पहिरो नियन्त्रणका लागि एकीकृत योजना बनाइने « Khabarhub

सुनछाप पहिरो नियन्त्रणका लागि एकीकृत योजना बनाइने


१२ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्।

लामो समयदेखि जोखिमका रूपमा रहेको सुनछाप पहिरोले गत असोजमा थप क्षति पुर्‍याएपछि त्यस क्षेत्रको आवागमन, सडक यातायात र सिँचाइ सेवा प्रभावित हुँदै आएको छ।

स्थानीयवासीसँगको छलफलमा मन्त्री श्रेष्ठले पहिरोका कारण उत्पन्न जोखिम र समस्या समाधानका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले पहिरो नियन्त्रणका लागि विभिन्न सरकारी निकायबीच समन्वय गरेर एकीकृत योजना अघि बढाउने तयारी भइरहेको जानकारी दिए।

मन्त्री श्रेष्ठका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, पूर्वाधार मन्त्रालय, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय गरी पहिरोको दिगो समाधान खोजिनेछ।

पर्वतका प्रतिनिधिसभा सदस्य सागर भुसालले पनि सुनछाप पहिरो नियन्त्रणको आवश्यकता औँल्याउँदै यसको दीर्घकालीन समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका थिए।

मन्त्री श्रेष्ठको निजी सचिवालयका अनुसार पहिरो प्रभावित क्षेत्रको जोखिम न्यूनीकरण र स्थानीयका समस्या समाधानका लागि आवश्यक पहल अघि बढाइएको छ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  १२ : ३८ बजे

मत नदिए पनि कर्णाली सरकारको प्राथमिकतामा रहन्छ : सभापति लामिछाने

सुर्खेत- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीबाट

सुनछाप पहिरो नियन्त्रणका लागि एकीकृत योजना बनाइने

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित

ढोरपाटन राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो, ३५ किलोमिटर लाइन सञ्चालनमा

बागलुङ-  जिल्लाको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यका केन्द्रीय विद्युत् प्रसारण प्रणालीमा जोडिएको

डायस्पोरा साहित्यको उद्गम भनेकै जन्मभूमि

जीवनमा धेरै मानिसको चाहना उचाइमा पुग्ने, नाम कमाउने र सफलताको

भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी

नयाँदिल्ली– भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को