शिवरात्रिमा लालीगुराँस कप फुटबल प्रतियोगिता हुने « Khabarhub

शिवरात्रिमा लालीगुराँस कप फुटबल प्रतियोगिता हुने


१२ माघ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको पर्यटकीय गाउँ भुजुङमा महाशिवरात्रिको अवसर पारेर फागुन ७ गतेदेखि पुरुष फुटबल प्रतियोगिता हुने भएको छ।

क्व्होलासोंथार गाउँपालिका ४ मा पर्ने भुजुङमा लालीगुराँस कपको १५औं संस्करण गर्ने निर्णय गरिएको आयोजक लालीगुराँस युवा क्लवका अध्यक्ष नौराज गुरुङले जानकारी दिएका छन् ।

फुटबल प्रतियोगितामा विदेशी खेलाडी भने ल्याउन पाइने छैन। प्रतियोगिताका विजयी टिमलाई १ लाख ५० हजार रुपैयाँ, मेडल र ट्रफी दिइनेछ। दोस्रो हुनेलाई ८० हजार रुपैयाँ, मेडल र ट्रफी राखिएको छ।

सेमिफाइनलमा पराजित २ टिमलाई नगद १०/१० हजार रुपैयाँ दिइने भएको छ। उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र अनुशासित टिमलाई ट्रफी प्रदान गरिने भएको छ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ९ : ५५ बजे

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण

क्यानाडाबाट आयात हुने वस्तुमा अमेरिकी भन्सार महसुलको दायरा परिवर्तन

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृ*त्यु

रुकुमपश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट एक

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग