निगमले जहाजको टिकट बिक्री प्रभावकारी बनाउने « Khabarhub

निगमले जहाजको टिकट बिक्री प्रभावकारी बनाउने


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले टिकट बिक्री प्रणाली व्यवस्थापन प्रभावकारी बनाउने भएको छ ।

उक्त प्रयोजनका लागि निगमले नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) सँग छलफल गर्दै १५ दिनभित्र समस्या समाधान गर्नेगरी कार्यदल गठन गरेको हो ।

निगमको टिक बिक्री वृद्धि गर्नका साथै बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउनका लागि कार्यदल गठन गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिएका छन् । आठ सदस्यीय कार्यदलमा निगमको वाणिज्य निर्देशक जनकराज कालाखेती, अर्थ विभाग निर्देशक उमेश पौडेल, साधरण सेवा तथा सम्पत्ति व्यवस्थापन निर्देशक अनिल घिमिरे र वाणिज्य विभागका उपनिर्देशक सन्तोष पाण्डे रहेका छन् ।

त्यस्तै नाट्टाको तर्फबाट वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल, महासचिव कुमार मणि थपलिया, कोषाध्यक्ष राजकुमार देवकोटा र कार्यसमिति सदस्य सवला भण्डारी रहेका छन् । ‘ग्रोस फेयर्र’, न्यायोजित र सरलीकृत ढङ्गमा टिकटको बिक्री व्यवस्थापन गर्ने, ‘ग्रुप फेयर’, ‘भोइड’ टिकट ‘चार्ज फ्लाईट’ सम्बन्धी प्रभावकारी बनाउने विषयमा दुवै संस्थाका उच्च पदाधिकारीबीच छलफल भएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले यही माघ ९ गते निगमको मुख्यालयको निरीक्षणका क्रममा आवश्यक निर्देशन दिँदै निगमको सेवालाई सुस्त र प्रभावकारी बनाउँदै र एक महिनाभित्र निगमको अनलाइन टिकटको व्यवस्थापन गर्न आग्रह गरेका थिए । निगमका प्रवक्ता खड्काका अनुसार आन्तरिकतर्फ यसअघि नै अनलाइन टिकट व्यवस्थापन गरिएको छ । अन्तर्राष्ट्रियमा पनि निगमको बेवसाइटमार्फत अन्तर्राष्ट्रिय कार्ड होल्डरले टिकट काट्न सक्छन् । लोकल वालेटमार्फत टिकट काट्न सक्ने गरी यही जनवरी अन्तिमसम्म व्यवस्थापन गरिने निगमले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  १० : ०४ बजे

सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित

गुल्मी- “लटरम्म फलेका कफीका बोटमा सेतो गवारो लाग्यो । वर्षौंसम्म

उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द

पेरिस- फ्रान्सको मुख्य ऊर्जा प्रदायक कम्पनीले बिहीबार दुई आणविक रियाक्टर

डा. चेतना पौडेल पक्राउ प्रकरण : ‘नक्कली चिकित्सक’ कि प्राकृतिक चिकित्सा विज्ञ ?

काठमाडौं- आफूलाई चिकित्सक भन्दै बिरामीलाई भ्रममा पारेर उपचार तथा औषधि

एकता महाधिवेशनका नाममा चिप्लियो रास्वपा, नयाँ-पुराना सबैको चर्को असन्तुष्टि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी बितेका पाँच दिनदेखि चितवनमा अल्मलिएको छ।