राष्ट्रपतिको चुनावमा गठबन्धन भित्र धोका हुँदैन | Khabarhub Khabarhub

राष्ट्रपतिको चुनावमा गठबन्धन भित्र धोका हुँदैन

एमालेले राष्ट्रिय व्यक्तित्वलाई उम्मेदवार बनाउँछ


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सरकार गठन भएको एक महिना पूरा भएको छ। नेपाली कांग्रेसकोसमेत विश्वासको मत पाएको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार मन्त्रीका कारण विवादित छ। विश्वासको मत दिएकै कारण कांग्रेसले संघीय संसद सचिवालयबाट प्रमुख प्रतिपक्षी दलको सुविधासमेत पाएको छैन। सरकारको नेतृत्वमा प्रचण्ड भए पनि एमाले अध्यक्ष केपी ओलीकै निर्णयमा सरकार सञ्चालन भएको भन्दै आलोचनासमेत भइराखेको छ। सरकार बाहिर बसेर ओलीले सत्तामा हालिमुहाली गरिरहेको भन्ने आरोपसमेत छ। सरकार गठनपछि सबैको ध्यान राष्ट्रपति निर्वाचनमा केन्द्रित छ। राष्ट्रपतिको निर्वाचनमा सहमति खोज्न थालिएको छ। यो सहमतिको विषयमा एमालेले आशंका व्यक्त गरिरहेको छ। यस विषयमा आधारित रहेर नेकपा (एमाले)का नेता तथा पूर्व मन्त्री आनन्द पोखरेलसँग नयन सापकोटाले गरेको कुराकानी सम्पादित अंश :

सरकारको नेतृत्व कसको हो ? मुल नेतृत्वमाथि किन प्रश्न उठ्दै छ ?
यो नेतृत्व गठबन्धनको हो। यो गठबन्धनको निर्माण केपी ओलीको अग्रसरतामामा भएको हो। यो कुरा नेपाली जनताले बुझेका छन्। गठबन्धनलाई प्रचण्डले बुझ्नु भएको छ। यसमा नेता को हो भनेर छलफल र बहस गर्नु आवस्यक छैन।

आस्था र विचार नमिल्ने गठबन्धन कसरी अगाडि बढ्ला र ?
क्याबिनेटमा बसेपछि प्रधानमन्त्रीय पद्धति अनुसार अगाडि बढ्नुपर्छ। प्रधानमन्त्री पद्धतिमा प्रधानमन्त्रीसँग सम्र्पकमा रहनुपर्छ। अहिलेको सरकार बनेको गठबन्धनबाट हो। आस्था, विचार, मान्यता आफ्ना ठाउँमा रहेका होलान। पार्टीगत ढङ्गले त्यो फरक कुरा हो। सरकारको सन्र्दभमा न्यूनतम साझा कार्यक्रममा अनुसार अगाडि बढ्नु जरुरी छ।

स्वार्थले निर्माण भएको सरकारले आफ्नो स्वार्थ हेर्छ। जनताका अपेक्षालाई कसले बुझ्ने ?
दलका स्वार्थकै कारण यो गठबन्धन बनेको हो। एक हिसाबले भन्दा चमत्कारिक ढंगले नै गठबन्धन बनेको हो। केही दलले गठबन्धन असफल पार्न केही जालझेल गरेको देखिन्छ। सरकार बनिसकेपछि अब यो गठबन्धनमाथि आशंका गर्नु पर्ने अवस्था छैन।

केपी ओलीले प्रधानमन्त्री प्रचण्डलाई पिजडाभित्र राख्न खोजेको आरोप कांग्रेसले लगाएको छ। के त्यस्तै हो ?
साझा नीति तथा कार्यक्रमलाई पिजडा भन्न मिल्दैन। न्यूनतम साझा कार्यक्रम सबै दल मिलेर बनाएको हो। यो सरकारको एउटा सीमा रेखा हो। सबै दलका शीर्ष नेता बसेर कार्यदल बनाएर व्यापक छलफलपछि बनेको दस्तावेज हो। त्यसलाई कुनै व्यक्ति विशेष पिजडा भन्नु बुझाइ नै गलत हो।

अब यो गठबन्धनमा एकीकृत समाजवादीलाई समावेश गर्ने वा पछाडि धकेल्ने के हुन्छ ?
नेकपा (एकीकृत समाजवादी) पार्टी एउटा वामपन्थी शक्ति हो। त्यो गठबन्धनमा आउनु आवश्यक थियो। गठबन्धनका संयोजक केपी ओलीलाई अस्वीकार गर्ने र प्रधानमन्त्री प्रचण्डलाई स्वीकार गरेर हुँदैन। एस पार्टीमा पुगेका एमालेका भूपू नेतालाई पार्टीमा स्वागत छ।

कांग्रेसको रणनीतिलाई तगारो सम्झिने काम किन भइराखेको छ ?
गठबन्धनमा बसेपछि हामी यो मुलुकको हित गर्न सक्छौँ वा सक्दैनौ भन्ने बारेमा सोच बनाउनु आवश्यक छ। गठबन्धनलाई सुदृढ र सबल बनाउनुपर्छ। यसमा निरन्तरता दिनु पर्छ। मुलुकको विकास र समृद्धिसहित अगाडि बढ्नुपर्छ। यो नेपालीको चाहना हो। सुशासन कायम गर्नु आवश्यक छ। देश बनाउने विषयमा कांग्रेसले तगारो निर्माण गर्नु हुँदैन। यो गठबन्धनबाट चुनावमा उठाएका मुद्दाको अनुमोदन आवश्यक छ।

राष्ट्रपति पदमा यत्तिको लुछाचुडी किन हुँदैछ ?
सविधानमा अभिभावकीय र संरक्षणको महत्त्व रहेको छ। मुलुकको हितमा काम गर्ने व्यक्ति पुग्नुपर्ने आवश्यकता छ। जिम्मेवारी बढी वा घटी भनेर व्याख्या गर्नु गलत हुन्छ। स्वभाविक ढंगले संविधानले गरेको व्यवस्था अनुसार अधिकार पाउनुपर्छ। दल रिझाउने होइन, लोक रिझाउने कार्य गर्नुपर्छ।

माओवादी केन्द्रले राष्ट्रपति चुनावमा एमालेका उमेदवारलाई नै मत दिन्छन् ?
गठबन्धनले गठबन्धनको साझा उमेदवारलाई मत दिन्छ। त्यो साझा उमेदवार भनेको एमालेबाट हुन्छ। जसमा माओवादी वा अन्य दल भन्नु पर्दैन सत्ता गठबन्धनका सबै दलले मत दिन्छन्।

कांग्रेस तथा अन्य दलको राष्ट्रपति बनाउँदा के बिग्रिन्छ ?
यो दुनियाँमा आफ्नो बहुमत हुँदाहुँदै कुनै पनि प्रजातान्त्रिक मुलुकमा अर्को दललाई राष्ट्रपति दिने कुरा हुँदैन। सविधान अनुसार बहुमतप्राप्त दलकै राष्ट्रपति बन्ने निश्चित छ। जसको जति सिट हुन्छ त्यही अनुसार राष्ट्रपतिको लागि चुनाव हुन्छ। यो गठबन्धनको अभिव्यक्ति हो।

एमालेले चाहेको पदमा धोका भयो भने के हुन्छ ?
धोका नै हुँदैन किनकी दुई ओटा निर्वाचनले प्रमाणित गरेको छ। सामान्य प्रकृयाबाट लाग्न जरुरी रहेको छ। गठबन्धनको सहमतिमा एमालेको भागमा परेको छ। जसमा दिने र लिनेको प्रश्न छैन। यो समूहिक निर्णयको अभिव्यक्ति हो। त्यो एमालेको भागमा परेको राष्ट्रपति पद हो।

एमालेले कसलाई उमेदवार बनाउँदै छ ?
एमालेले संमानित राष्ट्रिय व्यक्तित्वलाई त्यो पदको उम्मेदवार बनाउने तयारी गरेको छ। पदको गरिमालाई बहन गर्न सक्ने र दुनियाँले विश्वास गरेको व्यक्ति एमालेबाट उम्मेदवार बन्नुहुन्छ।

राष्ट्रपति उम्मेदवार बाहिरबाट हुन्छ तथा सांसदबाट नै हुने हो ?
त्यो सांसदबाट वा बाहिरबाट पनि हुनसक्छ। आवस्यकताको आधारमा हुन्छ। चाहना कसैले राखेको छैन। सूचना बेचेर तलमाथि गर्ने समय सकियो। (एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तवार्ता) प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  १० : २५ बजे

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको

सुनिल पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले

भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

टक्सार– भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले