हलो ब्रिक प्रविधिमा नवीनतम् थालनी « Khabarhub

हलो ब्रिक प्रविधिमा नवीनतम् थालनी


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

पाटन – भवन तथा अन्य पूर्वाधार निर्माणमा प्रयोग हुने इँटाको सट्टा हलो ब्रिक (प्लाल भएको इँटा) आर्थिक हिसाबले सस्तो, वातावरणमैत्री र प्रयोग गर्न सजिलो हुने भएकाले यसको प्रयोगमा जोड दिन थालिएको छ।

युरोपियन युनियनको सहयोगमा स्वीच एशिया ग्रान्टस प्रोग्राममार्फत बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल परियोजनाले नेपालमा पनि यो प्रविधिको सुरुआत गरिएको छ। ललितपुर महानगरपालिका–२९ हरिसिद्धिस्थित होसन्ना चिम्नी इँट्टा उद्योगमा उत्पादन गरिएको हलो ब्रिक प्रविधिका बारेमा महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजलगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिलाई स्थलगत अवलोकन गराइएको थियो। उद्योगका सञ्चालक कृष्ण अवालले हलो ब्रिक उत्पादनको प्रक्रिया, अवस्थाका बारेमा जानकारी दिएका थिए।

सो अवसरमा नगर प्रमुख महर्जनले वातावरणीय र आर्थिक हिसाबले यो प्रविधि निकै उपयोगी रहेको बताउँदै यसको प्रवद्र्धनका लागि महानगरले आवश्यक नीतिगत व्यवस्था गर्ने बताए। उनले सन् २०१२ मा बखुण्डोलमा आफूले घर निर्माण गर्दा नै हलो ब्रिक प्रयोग गरेको उल्लेख गर्दै महानगरपालिकाले निर्माण गरिरहेको नयाँ भवनमा पनि यस प्रविधिको प्रयोग गर्ने जानकारी दिए।

राजदूत डेप्रेजले किफायती, बलियो र सस्तो घर निर्माण गर्नका लागि हलो ब्रिक प्रविधि निकै उपयोगी हुने र यसले ऊर्जा दक्षताको अभिवृद्धिमा सहयोग पुग्ने भएकाले यस प्रविधिको विकास र विस्तारमा जोड दिनुपर्ने धारणा राखे। उनले यो परियोजनाले उत्पादक, प्रयोगकर्ता र विभिन्न सङ्घसंस्थालाई सहयोग पुग्ने बताए।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रकी सहायक निर्देशक शुभलक्ष्मी श्रेष्ठले गुणस्तर मापन गरी छिट्टै प्रयोगमा ल्याउन आवश्यक रहेको बताए। इँटाभट्टा महासङ्घका अध्यक्ष शङ्करबहादुर चन्दले हलो ब्रिकको प्रयोगका लागि नीतिगत तहबाट नै कार्यान्वयनमा ल्याइनुपर्ने धारणा राखेका छन्।

बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल परियोजनाका टिम लिटर सुयस प्रजापतिले १५ प्रतिशतको हलो ब्रिक्सको प्रयोगले कोइला खपतमा मात्र वार्षिक पाँच अर्ब बचत हुने बताए। हाल नेपालमा एक हजार तीन सय ५० वटा इँटा उद्योगबाट कोइला खरिदका लागि वार्षिक २५ अर्ब रुपैयाँ विदेशिएको तथ्य सार्वजनिक गरे।

उनका अनुसार यस्तो इँटामा इन्सुसलेशन हुनेहुँदा घर बाहिरको तापक्रम धेरै हुँदा पनि भित्र चिसो राख्न र बाहिर चिसो हुँदा घरभित्रको तापक्रम सन्तुलित हुन्छ भने यसको तौल हल्का हुँदा घरको भार कम हुने बताइएको छ। यसमा फलामे डण्डीको प्रयोग धेरै नहुने हुँदा घर निर्माण गर्दा लाग्ने लागत पनि कम हुनुको साथै यसमा माटोको प्रयोग कम हुँदा कोइलाको खपत पनि स्वतः कम हुँदा इँटाभट्टाबाट हुने प्रदूषण पनि कम हुन्छ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  १२ : ०६ बजे

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन

जेलेन्स्कीलाई बर्नह्यामको पहिलो कूटनीतिक स्वागत, युक्रेनप्रतिको बेलायती समर्थन पुनः पुष्टि

लन्डन- बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्डी बर्नह्यामले पदभार ग्रहण गरेको एक सातापछि

देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं– आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल,