घरेलु कार्यालयद्वारा एक सय ६२ फर्म खारेज « Khabarhub

घरेलु कार्यालयद्वारा एक सय ६२ फर्म खारेज


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दमौली– घरेलु तथा साना उद्योग कार्यालय तनहुँले एक वर्षको अवधिमा एक सय ६२ फर्म खारेजी गरेको छ । आर्थिक वर्ष २०७८-७९ मा जिल्लामा सञ्चालित उक्त फर्म खारेज भएका हुन् । सञ्चालनमा नरहेका र खारेज गर्न निवेदन दिएपछि कार्यालयले ती फर्म खारेज गरेको कार्यालयका कम्प्युटर अप्रेटर रवि अधिकारीले बताए । कार्यालयका अनुसार गत साउनमा १२, भदौमा १६, असोजमा १७, कात्तिकमा १३, मङ्सिरमा ११, पुसमा १७, माघमा १२, फागुनमा १०, चैतमा सात, वैशाखमा दुई, जेठमा १७ र असारमा २८ फर्म खारेजीमा परेका छन् ।

सोही अवधिमा जिल्लामा पाँच सय ७९ उद्योग दर्ता भएका छन् । उक्त अवधिमा उत्पादनमूलक ४७, कृषि तथा वन पैदावारमा आधारित तीन सय २०, खनिजतर्फ एक, पर्यटनतर्फ एक, सेवातर्फ एक सय तीन र पूर्वाधारतर्फ तीन उद्योग थपिएको कार्यालयले जनाएको छ । थपिएका उद्योगमध्ये घरेलुतर्फ ३३ र साना उद्योगतर्फ पाँच सय ४६ छन् । 

कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता वृद्धि भएको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवा पशुपालनतर्फ आकर्षित भएका छन् । कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन र तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ ।तनहुँमा थपिएका उद्योगको कूल पुँजी ६३ करोड ५२ लाख पाँच सय ४२ हजार रहेको कार्यालयले जनाएको छ । ती उद्योगको वार्षिक उत्पादन क्षमता एक अर्ब ७१ करोड ८७ लाख ५० हजार रहेको छ । 

थपिएका उद्योगमा एक हजार ३५ ले रोजगारी पाएका छन् । त्यसमध्ये पाँच सय ३४ महिला र पाँच सय एक पुरुष छन् । उद्योगमा आठ सय नौ उद्यमी छन् । उद्योग दर्ताबापत रु २४ लाख तीन हजार चार सय राजस्व संकलन भएको छ ।

सोही अवधिमा तीन सय ९६ उद्योग नवीकरण भएका छन् भने ५४ उद्योगले नामसारी-नाम परिवर्तन गरेका छन् । चार उद्योगले ठाउँसारी गरेका छन् भने ७७ उद्योगले उद्देश्य थप गरेका छन् । त्यस्तै ६७ उद्योग पुँजी वृद्धि गरेको कार्यालयले जनाएको छ । गत आव २०७७-७८ मा जिल्लामा दुई हजार एक उद्योग दर्ता भएका थिए । उक्त आर्थिक वर्ष दर्ता भएका उद्योगमा दुई अर्ब ७० करोड ९० लाख लगानी भएको थियो । 

त्यस्तै आव २०७६-७७ मा जिल्लामा तीन हजार पाँच सय १५ उद्योग थपिएका थिए । ती उद्योगमा रु एक अर्ब ८९ करोड ५२ लाख ६० हजार छ सय ५९ लगानी भएको थियो ।

एक लाखसम्म पुँजी भएको उद्योगले रु एक हजार एक सय, तीन लाखसम्म पुँजी भएको उद्योगले तीन हजार एक सय, पाँच लाखसम्म पुँजी भएको उद्योगले छ हजार एक सय, ५० लाखसम्म पुँजी भएको उद्योगले १२ हजार एक सय, एक करोडसम्म पुँजी भएको उद्योगले २० हजार एक सय, पाँच करोडसम्म पुँजी भएको उद्योगले ३० हजार एक सय र पाँच करोड भन्दामाथि पुँजी भएको उद्योगले ५० हजार एक सय १० दर्ताबापत शुल्क बुझाउनुपर्छ ।

 

 

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  १२ : ४५ बजे

एक वर्षमा सात हजार पाँच सय विपद्का घटना

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक

खैरहनी नगरपालिकाबाट धानको बीउमा ५० प्रतिशत अनुदान

चितवन– चितवनको खैरहनी नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी बर्खे धानको

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान