'सशक्त प्रतिपक्ष नै कांग्रेसको अबको बाटो' | Khabarhub Khabarhub

‘सशक्त प्रतिपक्ष नै कांग्रेसको अबको बाटो’


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बाँके– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अब सबैले बलियो कांग्रेस बनाउने अभियानमा लाग्नुपर्ने बताएका छन्। कांग्रेस घोराही उपमहानगरपालिका दाङको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले लोकतन्त्र बलियो बनाउन कांग्रेस बलियो हुनुपर्ने धारणा राखे।

‘बहुदलीय व्यवस्थामा पार्टी बलियो बनाउनुपर्छ, पारदर्शी हुनुपर्छ’ उनले भने, ‘त्यसैले पाँच वर्षसम्म पार्टीको बलियो संगठन निर्माणमा लाग्नुपर्छ। अबको पाँच वर्षपछि कांग्रेस एक्लै चुनावमा होमिने र एकल दुई तिहाइ ल्याउने अवस्थामा पुगाउनुपर्छ। त्यसपछिमात्र नेपालमा विकास र लोकतन्त्रको जग बलियो हुन्छ।’

उनले अब कांग्रेस सत्ताको खेलमा लाग्न नहुने उनको तर्क छ। उनले केही दिन पहिले संसद् भवन अगाडि एक जनाले आत्मदाह गरेको स्मरण गर्दै त्यो सरकारप्रतिको चरम निराशाको उदाहरण भएको बताए। उनले नयाँ आएका दलहरूप्रति पनि युवाको आशा मर्दै गएको टिप्पणी गरे। मुलुकमा केही गर्छु भन्ने युवाले आत्मदाह गर्ने अवस्था सिर्जना हुनुले हाम्रो मुलुक कता गइरहेको छ भन्ने चिन्ता लागिरहेको बताए।

‘नयाँलाई पनि जनताले भरोसा गर्न सक्ने अवस्था देखिँदैन। उनीहरूका सुरुवाती स्टेपहरू नै विवादास्पद र निराशाजनक देखिएका छन्। यो अवस्था देशका लागि सुखद होइन’ उनले भने। उनले अहिलेको सरकार त झनै तासको महल जस्तो भएको बताए।

‘अहिलेको सरकारमा विभिन्न विचार र सिद्धान्त भएका मानिसहरू छन्। उनीहरूबीच आफैँमा लडाइ हुन्छ। यो सरकारलाई कसैले ढलाउनु पर्दैन। आफैँबीचमा स्वार्थ नमिल्दा छोटो समयमै सरकार आफैँ ढल्नेछ,’ महरले भने, ‘त्यसैले कांग्रेसका लागि प्रधानमन्त्री, राष्ट्रपति भनेका जनता हुन्। पाँच वर्ष उनीहरूकै बीचमा रहेर काम गर्नुपर्छ ।’ 

राष्ट्रिय सहमतिका लागि कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको बताएको बताउँदै अहिले अस्थिर तत्त्वले त्यसको गलत व्याख्या गर्न खोजेको आरोप लगाए।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  ३ : ३२ बजे

नवलपरासीमा सात सय ४६ हेक्टर वनक्षेत्र अतिक्रमण

नवलपरासी – बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ७४६ हेक्टर क्षेत्रफल वन

सौर्यको जहाज दुर्घटनाबारे न्यायिक छानबिनको माग

काठमाडौं – सौर्य जहाज दुर्घटनाको न्यायिक जाँचको माग गर्दै पीडित

राहुघाट पहिरो अपडेट : ज्यान गुमाउने र घाइतेको पहिचान खुल्यो

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको बाँध

वामपन्थी गढ बोलिभियामा ढल्यो समाजवादी किल्ला

काठडमाडौं– ल्याटिन अमेरिकामा वामपन्थी राजनीतिको केन्द्र मानिने बोलिभियामा समाजवादी उम्मेदवारको

लोकतन्त्रलाई सुदृढ बनाउन सञ्चारमाध्यमको योगदान महत्त्वपूर्ण हुन्छः पूर्वराष्ट्रपति भण्डारी

मोरङ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चारमाध्यमले लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन