निर्माण सुरु भएको ६६ वर्षमा पनि बनेन कान्ति लोकपथ | Khabarhub Khabarhub

निर्माण सुरु भएको ६६ वर्षमा पनि बनेन कान्ति लोकपथ


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

पाटन– काठमाडौँलाई हेटौँडासँग जोड्ने उपयुक्त र दूरीका हिसाबले छोटो मानिएको कान्ति लोकपथ निर्माण सुरु भएको ६६ वर्ष बित्यो । तर हालसम्म पनि यसले मूर्तरुप लिन सकेको छैन । आयोजनामा हालसम्म कति खर्च भयो भन्ने हिसाबसमेत सरकारसँग छैन । 

सडक निर्माण गर्न नेपाली सेनाको नेतृत्वमा विसं २०१३ मा ट्र्याक खन्न सुरु गरिएको थियो भने २०१६ सालमा सकिएको थियो । ट्र्याक उद्घाटन गर्दै राजा महेन्द्र शाहले हेटौँडाको बुद्धचोकदेखि जीपमा ललितपुरको टीकाभैरवसम्म आएका थिए । राजा महेन्द्रले कान्ति लोकपथको उद्घाटन गरेको शिलालेख सडकको भित्तामा अहिले पनि देखिन्छ । 

कुल ९१ किलोमिटर लामो सडक निर्माणमा राज्यको पर्याप्त ध्यान पुग्न सकेको देखिन्न । कान्तिलोकपथ आयोजनाका प्रमुख सुरेश न्यौपाने पुरानो ठेक्का सम्पन्न नहुँदा र राज्यले उचित ध्यान नदिँदा नयाँ काम हुन नपाएको बताउँछन्। ‘पुराना ठेक्काका काम द्रुतगतिमा भइरहेका छन्’, उनले भने, ‘अर्थ मन्त्रालय समक्ष बहुवर्षीय ठेक्का हुने गरी ६६ करोडको योजना सहमतिका लागि पठाएका छौंँ । योजना आयोगबाट पनि सिफारिस भइसकेको छ ।’ उनका अनुसार अर्थ मन्त्रालयले सहमति दिए डेढवर्षभित्र कान्तिलोकपथ ‘डवल लेन’सहित सञ्चालन हुनेछ ।  

कान्ति लोकपथ आयोजनाका इञ्जिनियर रबीन्द्र महर्जनका अनुसार अहिले दुईवटा पुरानो ठेक्काको काम भइरहेको छ । पहिलो ठेक्का अन्तर्गत हेटौँडाको बुद्ध चोकलाई जिरो मानेर ५७ किलोमिटरदेखि ६४ सम्म सात किलोमिटर कालोपत्र गर्ने काम भइरहेको छ । यसमध्ये करिब दुई  किमी सम्पन्न भइसकेको छ ।

 उनका अनुसार बिरुवा एसएल सुनकोसी कन्ट्रक्सनले १९ करोड ३९ लाख ८३ हजार आठ सय ६४ मा लागतमा काम पूरा गर्ने गरी आर्थिक वर्ष २०७२-७३ मा सम्झौता गरेको थियो । विसं २०७३ साउन १६ मा सम्झौता भएको यो ठेक्काको अन्तिम पटक २०७९ चैत ३० सम्म सम्पन्न गर्नेगरी म्याद थप भएको इञ्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए । 

त्यस्तै दोस्रो ठेक्का अन्तर्गत ग्याबिन भर्ने, मेसिनरी वाल लगाउने, ढलान लगायतका स्ट्रक्चर बनाउने र टालटुल गर्ने काम भइरहेको छ । यसका लागि नागार्जुन सर्वशक्ति जेभी, लिटी कालिका कन्ट्रक्सन एण्ड सप्लायर्स, एटलान्टिक नेपाल, थोदुङर विकास एण्ड ब्रदर्श जेभीले काम गरिरहेको उनको भनाइ छ । 

सहज भूवनोट भएका ठाउँमा सडक कालोपत्र सकिए पनि अझै केही ठाउँमा कालोपत्र गर्न बाँकी रहेको कान्ति लोकपथ योजनाले जनाएको छ । मकवानपुरतिर साढे तीन किमी बाँकी र ललितपुरतर्फ झण्डै १० किमी सडक कालोपत्र हुन बाँकी इञ्जिनियर महर्जनले बताए। 

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  ५ : ३९ बजे

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि लैजाने भन्दै लामो

‘३६ को आँकडा’मा अभिनय गर्न नेपाल आइन् निरुता, दुई दशकपछि रेखासँग सहकार्य गर्दै

काठमाडौं – सविर श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्ममा अभिनय गर्न

विदेश सचिव मिस्रीको दुई दिने नेपाल भ्रमण, नयाँदिल्लीले भन्यो : उपलब्धि र फलदायी

काठमाडौं– भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने नेपाल भ्रमण सकेर

‘कहाँ गयौ तिमी’बाट फिल्म निर्देशनमा डेब्यू गर्दै फिरोज

काठमाडौं – ‘कहाँ गयौ तिमी’ निर्माणको घोषणा गरेका फिरोज तिमलसेनाले

विद्यालय शिक्षा ऐन जारी गर्न १६ विद्यार्थी संगठनको माग

काठमाडौं– सोह्र विद्यार्थी सङ्गठनले अविलम्ब विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी